मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

सदरलाइन संवाददाता १४ चैत्र २०७८, सोमबार १४:३२
 

नेपालगञ्ज : मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।


विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको एक मेडिकलमाथि कारबाही

१४ चैत्र २०७८, सोमबार १४:३२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ स्थित मेडिकल कलेज नजिकै सञ्चालित एक औषधी पसललाई कारबाही गरिएको छ । बजार अनुगमनलाई तिब्रता दिँदै आएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले अनुचित ब्यापारिक क्रियाक्लाप गरेको भन्दै औषधी पसलालाई २० हजार जरिवाना गरेको हो । नेपालमा दर्ता नरहेको औषधि बेचबिखन गरेको […]