नेपालगञ्जमा आईसीयू सञ्चालन सम्बन्धि तालिम शुरु

सदरलाइन संवाददाता ११ आश्विन २०७८, सोमबार १३:१८
 

नेपालगञ्ज : पश्चिम नेपालमै पहिलो पटक आईसीयू सञ्चालन सम्बन्धि दुई दिने तालिम सोमवारदेखि नेपालगञ्जमा शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मेडिकल अधिकृत तथा नर्सिङ कर्मचारीलाई लक्षित गरेर आयोजना गरिएको तालिम नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा शुरु भएको हो ।

यसअघि यस्ता तालिमहरु काठमाण्डौमा हुने गरेका थिए । यो पटक भने मोफसल बाहिर मेडिकल कलेज कोहलपुरमा आयोजना गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना तथा लर्डबुद्ध एकेडेमी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको तालिमको उदघाटन समारोहलाई सम्वोधन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रदेशका सरकारी अस्पतालका मेडिकल अधिकृत तथा नर्सिङ स्टाफहरुलाई आईसीयू सञ्चालनदेखि क्रिटिकल केशहरुको व्यवस्थापनमा दक्ष बनाउन तालिम आयोजना गरिएको बताए ।


कोहलपुर मेडिकल कलेजले कोरोना महामारीमा उत्कृष्ट सेवा प्रवाह गरेको स्मरण गर्दै मन्त्री भण्डारीले भने–‘आईसीयू सञ्चालन, क्रिटिकल केशको व्यवस्थापन, उपचारलगायतमा मेडिकल कलेजका कर्मचारी दक्ष देखिएकाले यहीबाटै तालिम लिँदा अनुभव शेयर हुने र परिष्कृत हुन पनि सहज हुनेछ ।’

तालिम उदघाटनमा बोल्दै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले सुदूरपश्चिमको स्वास्थ्यलाई गुणस्तरीय र प्रभावकारी गराउनका लागि यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा सुरेशकुमार कनोडियाले सिकेको सीपलाई व्यवहारिकरुपमा कार्यान्वयनमा लैजान सुझाव दिए ।

विभिन्न अस्पतालका ९ जना मेडिकल अधिकृत र १५ जना स्टाफ नर्सगरी २४ जना सहभागी रहेको तालिममा एनेस्थेसिया विभागका प्रा. डा. रेशमबहादुर रानासहित, एसआइसीयू, एमआइसीयू इञ्चार्जलगायतले तालिम दिने अस्पतालका सह–निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १४ जनामा संक्रमण पुष्टि, ३ डिस्चार्ज

११ आश्विन २०७८, सोमबार १३:१८
नेपालगञ्ज : बाँकेमा सोमवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९८ नमुना परीक्षण गर्दा थप १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १० र मेडिकल कलेज कोहलपुरमा ४ जनामा भाइरस संक्रमण देखिएको हो । तीमध्ये बाँकेका ११ जना छ्न । यो संगै बाँकेमा […]

सम्बन्धित