कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता १ श्रावण २०७८, शुक्रबार १२:३२
 

नेपालगञ्ज : बाँकेमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत सिस्नेपानी गाउँपालिका ४ रुकुम पूर्वकी ३९ बर्षीया महिलाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।


मृतक महिला असार २३ गते अस्पतालमा भर्ना भएकी थिइन् । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३११ र बाहिरी जिल्लाको मृत्यु संख्या ३७२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरो प्रतियोगिताको सबै तयारी पुरा

१ श्रावण २०७८, शुक्रबार १२:३२
नेपालगञ्ज : नेपालगञ्ज साईक्लीङ क्लबको आयोजनामा तेस्रो पटक हुन गईरहेको कोरा प्रतियोगिताको सबै तयारी पुरा भएको छ । क्लबका वरिष्ठ उपाध्यक्ष तथा २०२१ कोरा संयोजक लभराज श्रेष्ठका अनुसार शनिबार हुने विभिन्न धार्मिक स्थलहरुको साईकल यात्राबाट परिक्रमा गर्ने कार्यको सम्पूर्ण तयारी पुरा भएको तथा स्थानीय बागेश्वरी मन्दिर पूर्वलाईन न्यूरोड जोडिएको पार्कमा […]

सम्बन्धित

ताजा अपडेट