कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु

सदरलाइन संवाददाता २३ आश्विन २०७७, शुक्रबार ०९:१६
 
फाइल तस्विर

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज वडा नं. १ धम्बोजीका ८५ वर्षीय पुरुषको बिहीवार राती ९ मृत्यु भएको हो ।

सोसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

सबै प्रकारको आवश्यक उपचार गर्दासमेत विरामीको स्वास्थ्यमा सुधार नआएको र उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमित मृतक विगत केही समयदेखि दम रोगबाट पीडित रहेको उनले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँके, भेरी अस्पताल र परिवारको समन्वयमा शव व्यवस्थापनको तयारी भईरहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

Next Post

बाँकेमा शुक्रवार २४ जना कोरोना जितेर घर फर्के

२३ आश्विन २०७७, शुक्रबार ०९:१६
नेपालगञ्ज : बाँकेमा थप २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ६ महिला १८ पुरुष गरी २४ जना शुक्रवार डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले […]

सम्बन्धित