जिल्ला समन्वय समितिको वेभसाईड अपडेट भएन

५ बैशाख २०७५, बुधबार १२:११
 


सदरलाइनडटकम
५ बैशाख, नेपालगन्ज  :  संधै ‘अपडेट’ भइरहने जिल्ला विकास समिति बा“केको ‘वयभ साईड’ जिल्ला समन्वय समितिमा परिणत भएपछि भने ‘अपडेट’ हुन छाडेको छ ।
जिल्ला समन्वय समितिको संयोजक र स्थानीय समन्वय अधिकारी परिवर्तन भएको महिनौं भइसक्दा उक्त ‘वयभ साईड’मा उनीहरुको तस्बिर छैन । जिल्ला विकास समितिका रुपमा रहंदा उक्त कार्यालय वयभसाईड नियमित अपटेड हुने मुख्य कार्यालयमा पथ्र्यो भने त्यसका लागि सबै सुविधा उपलब्ध थियो । तर अहिले कार्यालयको भुमिका र नाम फेरिएको महिनौं भइसक्दा समेत ‘बा“के जि.स.स’ ‘वयभ साईड’मा पुरानै बिबरणहरु छन् ।
जिल्ला समन्वय समितिका संयोजक, उपसंयोजक, अन्य सदस्य निर्वाचित भएर आएको महिनौं भयो । स्थानीय विकास अधिकारीका रुपमा रहने जिल्ला समन्वय अधिकारी पनि फेरिएका छन् । तर ‘वयभ साईड’ नत जिल्ला समन्वय समिति संयोजकको तस्बिर छ नत जिल्ला समन्वय अधिकारीकै तस्बिर फेर्न सकेको छ ।
उक्त ‘वयभ साईड’मा तत्कालिन स्थानीय विकास अधिकारी हरि प्याकुरेल र सूचना अधिकारी शरद पौडेलको तस्बिर छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भई बिभिन्न स्थानीय तहको नामाकरण समेत भइसकेको र देश संघीयतामा समेत गइसकेको अवस्थामा उक्त ‘वयभ साईड’मा पुरानै गाउ“पालिका र वडाहरुका बिबरणहरु राखिएका छन् । अरु सबै बिबरण पुरानै भए पनि ‘वयभ साईड’को नाम ‘जि.स.स’ बा“के परिवर्तन गर्न भने भ्याएको छ ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीबास्तवले रहरले नभई कर्मचारी नभएको बाध्यताले गर्दा ‘वयभ साईड’ ‘अपडेट’ गर्न नसकिएको बताए । ‘मेरै फोटो छैन । एउटा तस्बिर फेर्न पाइएको छैन । अरु बिबरण त झन् के राख्ने ?’— उनले उल्टो प्रशन गरे ।
जिल्लाको स्थानीय तहको समन्वयकारी निकायका रुपमा परिवर्तन भएको जिल्ला समन्वय समितिमा अहिले आधा दर्जन कर्मचारी मात्र कार्यरत छन् । यही कार्यालय जिल्ला विकास समितिका रुपमा रहंदा झण्डै ५० कर्मचारी कार्यरत रहन्थे । अहिले जम्मै कर्मचारी काजमा स्थानीय तहमा छन् ।
‘अहिले रहेका कर्मचारी मध्ये सवारीचालक र सफाई कर्मचारी नै ६ जना छन् । बांकी अन्य कर्मचारीहरु हुनुहुन्छ ।’— श्रीबस्तवले भने । प्राविधिक कर्मचारीको अभावले ‘वयभ साईड’ अपटेड गर्न नसकिएको भन्दै श्रीबास्तवले अब नया“ तरिकाबाट काम थालिने पनि बताए ।

Next Post

दानबीर दम्पत्तिलाई अभिनन्दन

५ बैशाख २०७५, बुधबार १२:११
सदरलाइनडटकम ५ बैशाख, नेपालगन्ज  : दानबीर श्रीजंग शाह र रुद्र कुमारीको नेपालगन्जमा अभिनन्दन गरिएको छ । नेपालगन्ज फत्तेवाल आँखा अस्पताललाई १ अर्ब दान दिएको सन्दर्भमा बुधवार नेपालगन्जबासीले दानबीर दम्पत्तीलाई अभिनन्दन गरिएको थियो । दान बीरलाई बग्गीमा बसाली नेपालगन्ज शहरको बिभिन्न स्थानमा बाजा गाजा सहित नगर परिक्रमा गरीएको थियो । उक्त कार्यक्रममा […]