देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्तालाई राहत वितरण

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १९:०२
 


बैजनाथ (बाँके) : कोरोना महामारीका कारण बाँकेको बैजनाथ गाउपालिका वडा नं. १ का आयआर्जनमा समस्या परेका समुदायलाई राहत वितरण गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको पहलमा जुलोजिकल सोसाईटी अफ लण्डन, बाँके बर्दिया कम्प्लेक्सको आर्थिक सहयोग तथा देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आयोजनामा सो राहत वितरण गरिएको हो ।


मध्यवर्ती क्षेत्रमा संरक्षणमा आवद्ध विपन्न २६ घर परिवारले राहत प्राप्त गरेका छन् । २६ घर परिवारले महिना दिन सम्म खान पुग्ने गरी खाद्यन सामाग्री वितरण गरिएको समितिका सचिव लोकन्द्र खत्रीले गराएका छन् । राहत वितरणमा बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुपबहादुर मल्ल लगायत स्थानीय नेताहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाद्वारा आधारभूत विद्यालयलाई कम्प्युटर प्रिन्टर उपलब्ध

३० असार २०७८, बुधबार १९:०२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले नगर भित्र आधारभूत तह कक्षा (१–८) संचालन भएका विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको छ । नगरपालिले आधारभूत तह मात्रै संचालन आएका १२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि प्राविधिमा […]