हात्तिपाईले विरुद्वको आम औषधि सेवन अभियानका लागि पत्रकारहरु संग अन्तरक्रिया

सदरलाइन संवाददाता २३ फाल्गुन २०७८, सोमबार १८:१५
 

नेपालगञ्ज : हात्तिपाईले विरुद्वको आम औषधि सेवन अभियानका लागि जिल्ला स्तरका पत्रकारहरु संग अन्तरक्रिया गरिएको छ ।

सोमबार नेपालगञ्जमा गरिएको सो अन्तरक्रियामा बोल्दै स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले यहि फागुन २८ बाट सुरु हुने हात्तिपाईले विरुद्वको आम औषधि सेवन कार्यक्रममा यस पटक उचाईका आधारमा थप एक प्रकारको औषधि समेत सेवन गराईने जानकारी दिए ।

यस भन्दा अधिका बर्षहरुमा औषधि खानेले खाइरहने र नखानेले नखाने गर्नाले अभियान सफल हुन नसकेको बताए । उनले सबैलाई औषधि सेवन गरिदिन आग्रह समेत गरेका छन् । बाँकेको नेपालगन्जमा सबैभन्दा थोरैले मानिसले औषधी खाने गरेका छन् । गतवर्ष ४९ प्रतिशतले मात्र औषधि खाएको स्वास्थ्य कार्यालय जनाएको छ ।


स्वास्थ्य कार्यालयकी हात्तीपाइले रोगकी फोकलपर्सन दुर्गा गौतमले यसपाली बाँकेमा उचाईका आधारमा तीन थरीका औषधि खुवाउने बताउदै सबैले औषधि नखाइँदिदा १२ औं चरणमा आइपुग्दासम्म बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान सफल हुन नसकेको बताईन् । साथै उनले आम औषधि सेवन अभियानमा सक्रिय सहभागिताको वातावरण सिर्जना गरिदिन पत्रकारहरुलाई आग्रह गरिन् ।

फाल्गुन २८ गतेदेखि बाँकेलगायतका १० जिल्लामा औषधि खुवाइँदैछ । बाँके वासीले सन् २०११ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खाइरहेका छन् ।

हाल बाँकेमा चार दशमलव एक प्रतिशत हात्तीपाइले रोगका संक्रमित रहेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा हत्या गरेर फालिएको अवस्थामा युवकको शव फेला

२३ फाल्गुन २०७८, सोमबार १८:१५
धनगढी : सुदूरपश्चिमको अस्थाई राजधानी रहेको धनगढीमा हत्या गरेर फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ। धनगढी नगरपालिका वडा नं ५ शिवनगर र जाई जोड्ने सडक नजिक अन्दाजी ३५ वर्षीय युवककाे हत्या गरेर फालिएको अवस्थामा फेला परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताएका छन्। […]