१७ वर्षीया किशोरीको दिल्लीबाट उद्धार

सदरलाइन संवाददाता २४ मंसिर २०७९, शनिबार १४:४४
 

नेपालगञ्ज : डेढ महिनादेखि अर्घाखाँचीबाट हराएकी किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ । किशोरीको शान्ति पुनर्स्थापना गृह बाँकेले डेढ महिनापछि उद्धार गरेर नेपालगञ्ज ल्याइएको हो ।

दिल्लीको कोत्ला मुबारकपुर पुलिस थानाको सहयोगमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको प्रहरीले जनाएको छ ।


गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया किशोरी शान्ति पुनर्स्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।

दिल्ली प्रहरीका डिसीपी एमएसचन्दन चौधरीको निर्देशन र कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा किशोरीलाई फकाएर भारत पुर्याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोजगार संयोजकका लागि दुई दिने तालिम सम्पन्न

२४ मंसिर २०७९, शनिबार १४:४४
नेपालगञ्ज :  बैदेशिक रोजगार बोर्डको अनलाईन सूचना प्रणाली प्रयोग गरी बोर्डको सेवा स्थानीय तहबाट प्रदान गर्नको लागि सूिचकृत स्थानीयतहका रोजगार अधिकृतलाई २ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालय बैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा रोजगार बोर्डको […]