साढे २८ किलो चरेससहित २ जना पक्राउ

सदरलाइन संवाददाता २६ असार २०७८, शनिबार १६:५३
 

दाङ : बुटवलबाट साढे २८ किलो लागुऔषध चरेससहित २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ बढिगाउँ गाउँपालिका ८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार साँझ करिब सवा ६ बजेतिर बुटवल उपमहानगरपालिका ११ देविनगरस्थित नमस्ते पथ केएफसी पिज्जा हबमा चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समूह (आरआइटी) टोलीले २८.५ किलो लागुऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

साथै प्रहरीले लु२५प ६५४४ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


यता, दाङमा प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय राकेश बस्नेत र सोही ठाउँका २७ वर्षीय अंकित रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बस्नेतले आफ्नै घरकोठामा अवैध लागुऔषध ब्राउन सुगर कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको शुक्रबार दिउँसो साढे ४ बजेतिर उनी सुत्ने कोठाबाट लागुऔषध ब्राउन सुगर २ ग्राम १७० मिलिग्राम र नगद ९ हजार ८ सय समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । बस्नेत र उनीसँगै रहेका रावतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकाबाट १५ लाख डोज खोप सोमबार नेपाल पुग्ने

२६ असार २०७८, शनिबार १६:५३
काठमाण्डौ : अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो । खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । अमेरिकाले कोभ्यासमार्फत नेपाललाई उक्त खोप सहयोग गर्न लागेको भट्टराईले जनाए […]