मंगलबार संकलन गरिएको स्वाब सबैको नतिजा नेगेटिभ

२४ बैशाख २०७७, बुधबार २३:१०
 

सदलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा मंगलबार संकलन गरिएको ५४ स्वाब मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । कोबिड–१९ नोबल कोरोना भाइरस संक्रमण परीक्षणका लागि नेपालगञ्ज– ८ बाट संकलन गरिएका स्वाब मध्ये ५४ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

नेपालगञ्ज–८ जोलाहनपुरका २३ जनामा कोरोना संक्रमण भेटिएपछि महेन्द्र पार्क, डिएसपी रोड, रानीतलाउन सब्जीमण्डीलगायतका स्थानबाट स्वाब संकलनलाई तीब्र पारिएको छ ।

भेरी अस्पतालमा रहेको कोरोना भाइरस संक्रमण जाँचको लागि स्थापना गरिएको मोलिकुलर ल्याबमा गरिएको स्वाब परीक्षणमा बुधबार ५४ जनामा नेगेटिभ भेटिएको छ । भने बुधबार पुन १३६ जनाको स्वाब संकलन गरिएको छ ।


संकलित सबै स्वाब नमुनाको परीक्षणका लागि नेपालगञ्जकै भेरी अस्पतालस्थित प्रयोगशाला पठाइएको भेरि अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

स्थानीय प्रशासनले संक्रमितसंग निकट रहेका व्यक्तिको टे्सिङ्गगरी जाँच गर्नको लागि मंगलबार ७३ जनाको नाम संकलन गरेकोमा ५४ जनालेमात्र स्वाब संकलन गराएका छन भने बुधबार पनि १५३ जनाको नाम संकलन गरेकोमा १३६ मात्र स्वाबको सेम्पल दिएका छन् ।

स्वाब दिन नआएका मंगलबार १८ जना र बुधबार १७ जना गरी ३५ जना किन आएनन स्वाब दिन त्यसको खोजी भने गरिएको छैन ।

Next Post

किराँत समुदायद्वारा उँभौली मनाईंदै

२४ बैशाख २०७७, बुधबार २३:१०
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व बिहीवार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले बताए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस […]

सम्बन्धित