बैजनाथले पनि दियो गर्मी विदा

सदरलाइन संवाददाता २७ जेष्ठ २०७९, शुक्रबार १६:१९
 

नेपालगञ्ज : अत्याधिक गर्मीका कारण बाँकेको बैजनाथ गाउँपालिकाले पनि गर्मी विदा दिएको छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयमा तीन दिनका लागि गर्मी विदा दिइएको बैजनाथ शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वराज ढकालले जानकारी दिए ।


उनका अनुसार यही जेठ ३० गतेदेखि असार १ गतेसम्मका लागि विदा दिइएको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले शुक्रवारदेखि विद्यालय बन्द गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रमुख चौधरी र उपप्रमुख कार्कीले गरे पदभार ग्रहण

२७ जेष्ठ २०७९, शुक्रबार १६:१९
नेपालगञ्ज : जिल्ला समन्वय समिति बाँकेका नवनिर्वाचित प्रमुख ज्ञानेन्द्र कुमार चौधरी र उपप्रमुख सीता कार्कीले पदभार ग्रहण गरेका छन् । प्रमुख र उपप्रमुखमा निर्वाचित भएपछि प्रमुख चौधरी र उपप्रमुख कार्कीले आजै पदभार ग्रहण गरेका हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चौधरीले जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित […]