जनशक्तिको अभावका कारण उजुरी फर्च्योटमा समस्या

२७ माघ २०७६, सोमबार १९:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जमा आवश्यक जनशक्तिको अभावमा उजुरीको चाङ्ग लाग्ने गरेको छ । जनशक्तिको अभावका कारण उजुरी फर्च्योटमा समस्या हुने गरेको छ ।
अख्तियारको २९ औं स्थापना दिवस मनाउने क्रममा पत्रकारसँग भेटघाट तथा सुझाव संकलन कार्यक्रमा अवसरमा बोल्दै कार्यालय प्रमुख गणेश गैरेले चालु आर्थिक वर्षको ६ महिनामा ४ सय ५८ वटा उजुरी परेको जानकारी दिए ।
उनले नेपालगञ्ज सम्पर्क कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लालाई हेर्ने जानकारी दिदै जनशक्तिको अभावको कारण परेका उजुरी फच्र्यौट गर्न कठिनाई भएको बताउदै निकट भविश्यमै जनशक्ति थप हुने बताए ।
उनले जिल्लाबाट ६ महिनामा ४ सय ५८ वटा उजुरी परेको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिए । कार्यालयमा परेका उजुरी तीन जिल्लामध्ये बाँकेमा बढी उजुरी परेका छन् ।
बाँकेमा २ सय १० वटा उजुरी पर्दा दाङमा एक सय ४२ र बर्दियामा एक सय ६ वटा उजुरी परेको कार्यालयले जनाएको छ । ती उजुरीमध्येमा बाँकेमा ५६ वटा, दाङमा ३३ र बर्दियामा २२ वटा फछ्र्यौट भएको छ । ४ सय ५८ मध्येमा एक सय ११ वटा फछ्र्यौट हुँदा ३ सय ४७ वटा उजुरीमा अनुसन्धान भइरहेको सो अवसरमा जानकारी दिए ।
कार्यालय प्रमुख गैरेले सम्पर्क कार्यालय नेपालगञ्जमा परेका उजुरी मध्येमा सबैभन्दा बढी संघीय (स्थानीयतहका) छन् । संघीयमा एक सय ३९, शिक्षामा १ सय २, वनमा ५६, भूमिमा ४०, स्वास्थ्यमा २३, भौतिक, पूर्वाधार तथा यातायातमा १६, गृहमा १३, खानेपानी र शहरी विकासमा १० र अन्यमा २६ वटा उजुरी परेको जानकारी दिए ।
कार्यालयका सूचना अधिकृत लोकमणी पाण्डेले अख्तियारको नेपालगञ्ज कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा उजुरी अनुसन्धानमा असर परेको छ । अहिले २८ जनाको दरबन्दी हुँदा तीन जनामात्रै अनुसन्धान अधिकृत रहेको बताए ।
उनले विगत सात महिनादखि प्राविधिक जनशक्ति अभाव रहेको र हालै मात्र पूर्ती भएको जानकारी दिदै नेपालगञ्जमा ४० जनाको दरबन्दी पुर्याउने तयारी भइरहेको बताए ।
अख्तियारले स्थापना दिवसको अवसरमा अन्तरक्रिया, छलफल र सडकनाटक समेत देखाउने कार्यतालिका बनाएको छ ।

Next Post

सडक दुर्घटनामा एक जना घाइते

२७ माघ २०७६, सोमबार १९:११
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोहलपुरमा भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजना गम्भिर घाइते भएका छन् । कोहलपुर वडा नम्बर ११ मा भे १ च २७६७ नम्बरको भ्यान र भे १ प ७६१६ नम्बरको मोटरसाइकल आज विहान एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार घाइतेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको […]