बैतडी : पाटन नगरपालिकाबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर १ सकारका ३६ वर्षीय नारदप्रसाद भट्टराई र ३८ वर्षीय लक्ष्मण भट्टराई रहेको प्रहरीले जनाएको छ ।
उनीहरु दुबैजनालाई बराइल रौटे भन्ने जंगलबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। दुवैजनालाई सकार जंगलबाट बन्दुकसहित फर्किरहेको अवस्थामा नियन्त्रणमा लिइएको शाहीले बताए ।
प्रहरी निरीक्षक शाहीले भने, ‘उनीहरुले लामो समयदेखि चोरी शिकारी पनि गर्दै आएका भनिएको छ, थप अनुसन्धानकै क्रममा छौं ।’ उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । दुवैजनामाथि हातहातियार तथा खरखजना ऐनअनुुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।