नेपाल शिक्षक महासंघद्वारा धर्ना

सदरलाइन संवाददाता २५ असार २०७८, शुक्रबार १७:०९
 

नेपालगञ्ज : आफ्ना ३४ बुँदे मागसहित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले निरन्तर दबाबका कार्यक्रम गर्दै आएको छ । लामो समयदेखि विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आएको महासंघको बाँके शाखाले आज शिक्षा विकास तथा समन्वय इकाई नेपालगञ्जमा धर्ना दिएको छ ।

विहान १० बजेदेखि दिउँसो १ बजेसम्म ३ घण्टा धर्ना दिइएको नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादवले जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाईमा भेला भएर शिक्षकहरुले धर्ना दिएका हुन् ।


देशमा गुणस्तरीय शिक्षाको विकासका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संविधानको धारा ३१ को शिक्षा सम्बन्धि हकको व्यवस्था अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहको शिक्षा निःशुल्क हुने प्रबन्ध व्यवहारमा लागू गर्नुपर्ने, अबिलम्ब संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षकको जिल्लाभित्रको सरुवा र जिल्लान्तर सरुवा दुबैतिरको स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिल्लामा रहेको शिक्षाको इकाईले गर्ने प्रबन्ध गर्नुपर्ने, शिक्षक तथा विद्यालय कर्मचारीका लागि कोभिड विरुद्धको खोप अबिलम्ब उपलब्ध गराइनुपर्ने, देशका कतिपय स्थानीय तहबाट पूर्वाग्रही तरिकाबाट गरिएको शिक्षक–कर्मचारीको सरुवा तथा पदस्थापन बदर गर्नुपर्ने, राहत, साविक उच्च मावि र बालकक्षाका शिक्षक कोटालाई स्विकृत दरबन्दीमा परिणत गरी महासंघसंग भएको सम्झौता बमोजिम शिक्षक सेवा आयोग मार्फत् उमेरको हद नलाग्ने गरी आन्तरिक/खुला प्रतियोगिताद्वारा स्थायी गरिनुपर्ने लगायतका माग नेपाल शिक्षक महासंघले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२५ असार २०७८, शुक्रबार १७:०९
धनगढी : कैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नम्बरको ट्रयाक्टर दुर्घटना चालकको मृत्यु भएको छ । अनियन्त्रित भई ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय चालक अमित कठरियाको शनिबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको […]

सम्बन्धित