एकीकृत समाजवादीद्वारा पाँच मन्त्री हेरफेर

सदरलाइन संवाददाता २२ जेष्ठ २०७९, आईतवार १७:४७
 

काठमाण्डौ : नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । पार्टी सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने छन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने छन् ।


यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारततर्फ लग्दै गरिएकी किशोरीको उद्धार

२२ जेष्ठ २०७९, आईतवार १७:४७
कञ्चनपुर : भारतीयले झुक्याएर भारततर्फ लैजाँदै गरेकी एक किशोरीको दोधारा चाँदनीको नेपाल भारत दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित बाबाथान प्रहरी चौकीका इन्चार्ज कृष्णदत्त भट्टको कमाण्डमा गएको टोली र माइती नेपाल कञ्चनपुरको संयुक्त टोलीले दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजनजिक नेपाल–भारत सीमा स्तम्भ ७९८ (बिपी […]