नेपालमा थप १३ जनामा कोरोना पुष्टी

२९ बैशाख २०७७, सोमबार २३:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालमा सोमबार थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या १३४ पुगेको छ भने निको हुनेको संख्या ३३ पुगेको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । उनीहरुमा कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बर्दिया राजापुर नगरपालिका–५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

Next Post

४१ बोतल कोरेक्ससहित एक भारतीय प्रहरी नियन्त्रणमा

२९ बैशाख २०७७, सोमबार २३:३७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल भारत सीमा क्षेत्रबाट ४१ बोतल कोरेक्स सहित एक भारतीय नागरिक प्रहरी नियन्त्रणमा परेका छन् । कोरेक्स नेपालमा प्रतिबन्धित र लागू औषधको क्याटोगरीमा रहेको छ । लकडाउनको बेलामा नेपाल भारत सीमा क्षेत्रकोबाट ४१ बोतल (१००) एमएलको कोरेक्स लिएर नेपाल आउदै गरेको अवस्थामा भारत बहराईच रुपैडिहाका ४६ वर्षिय […]