बाँकेमा सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हट्यो

सदरलाइन संवाददाता २१ असार २०७८, सोमबार १३:५९
 

नेपालगञ्ज : बाँकेमा सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाईएको जोरबिजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गर्दै गएको सातादेखि सार्वजनिक सवारीसाधनमा लगाइएको जोरविजोर प्रणाली भोलीदेखि हटाएको जनाएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा रहेकाले सम्पूर्ण सवारीसाधन नियमितरुपमा चल्न दिने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । यस्तै पसल व्यवसाय पनि विहान ९ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको उनको भनाई छ ।

यसअघि विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय संचालनको अनुमति स्थानीय प्रशासनले दिएको थियो । भाइरस संक्रमण नियन्त्रणमा रहेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप १० दिन लम्ब्याएर ३१ गतेसम्म पुर्याइएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।


कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि गएको बैशाख ९ गतेदेखि नेपालगन्ज र १३ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि हप्ताहप्तामा निषेधाज्ञा थप्दै आएको प्रशासनले आज भने १० दिन थप गरेको हो । यद्यपी निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथका किसानलाई अनुदानमा मिनि ट्रिलर

२१ असार २०७८, सोमबार १३:५९
बैजनाथ (बाँके)  : बाँकेको बैजनाथ गाउँपालिकाले किसानलाई कृषिकर्ममा सहयोग पुराउन अनुदानमा मिनी ट्रिलर उपलब्ध गराएको छ । गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायिकरणका लागि किसानहरुलाई सहयोग होस् भन्ने उद्देश्यले अनुदानमा मिनी ट्रिलर सहयोग गरेको जनाएको हो । गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानवहादुर ऐडीले गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका ८० जना […]

सम्बन्धित