बिहीवार बाँकेमा ८ जनालाई कोरोना पुष्टि

सदरलाइन संवाददाता १७ असार २०७८, बिहीबार १६:२८
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका ५ जना छन् । आजसम्म ८४ हजार २ सय ६१ नमुना परीक्षण भएको छ । त्यसमा १७ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । योसँगै १७ हाजर ९४ जना संक्रमणमुक्त भएका छन् । गएको २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्यु नभएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरद्वारा मेलमिलापकर्ताहरुलाई तालिम

१७ असार २०७८, बिहीबार १६:२८
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाले मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । पिपिआर नेपालको प्राविधिक सहयोगमा गाउँपालिको आयोजनामा बिहीवारदेखि शुरु भएको तालिम तीन दिन सञ्चालन हुनेछ । गाउँपालिकाकी उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवको प्रमुख आतिथ्यतामा सुरु गरिएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता बलबहादुर चन्द, प्रमुख प्रशिक्षक भानुभक्त रिजाल, अधिबक्ता […]