लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक

सदरलाइन संवाददाता १२ जेष्ठ २०७९, बिहीबार १७:४३
 

नेपालगञ्ज : लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ । उनले  आफ्नै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन् ।

हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । जर्मनमा बसोबास गर्दे आएका गायक सिवाकोटीले यूरोपको विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन् ।

उनले ‘तिम्रो मेरो प्रेम कहानी,’ ‘म त मान्छे सिधा साधा,’ ‘प्यारी छोरी न बचाउन सके,’ ‘हे माया’ जस्ता थुप्रै गीतमा स्वर दिएका छन् । बिबेक लामा तामाङले छायांकन तथा निर्देशन गरेको म्युजिक भिडियोमा गायक तुलसी र रन्जितालाई फिचर्ड गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

नेपालगञ्जको लाइफ लाइन हस्पिटलमा डायलासिस सेवा

१२ जेष्ठ २०७९, बिहीबार १७:४३
नेपालगञ्ज : नेपालगञ्जस्थित लाइफ लाइन जनरल हस्पिटलले मिर्गौलाको डायलासिस सेवा दिन थालेको छ । मिर्गौलाका विरामीलाई डायलासिस सेवा दिने लाइफ लाइन जनरल अस्पताल निजी अस्पताल मध्ये बाँकेमा दोस्रो हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले डायलासिस सेवा दिँदै आएको छ । सरकारी अस्पतालअन्तर्गत नेपालगञ्जस्थित भेरी अस्पतालले पनि डायलासिस सेवा […]