डुडुवामा आकस्मिक आश्रयस्थल निर्माण हुँदै

२८ माघ २०७६, मंगलवार १६:२७
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको अति बाढी प्रभावित क्षेत्र डुडुवाको कृषि चौफेरीमा अत्याधुनिक आकस्मिक आश्रयस्थल निमार्णको शुरु भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास आयोजना कार्यन्वयन इकाई नेपालगञ्जले अत्याधुनिक आश्रयस्थल निमार्णका लागि जग्गा छनौट गरि अन्तिम नापनक्सा गरेको छ ।
डुडुवा गाउँपालिका वडा नं. १ को कृषि चौफेरीस्थित आधारभुत विद्यालय नजिकै भवन निमार्णका लागि एैलानी जग्गा छनौट गरिएको गाउँपालिका अध्यक्ष नरेन्दकुमार चौधरीले बताए । भवन निमार्णस्थलमा प्राविधिक टोलीले नापीसमेत गरिसकेको छ ।
आकस्मिक आश्रयस्थल भवनमा ठुलो हल, खाद्य सामग्री व्यवस्थापन गर्ने कोठा, प्रशासनिक कोठा, खानेपानी तथा शौचालयसहितको डेढ तले भवन निमार्ण गरिने इकाई प्रमुख गणेश आचार्यले बताए ।
उनका अनुसार भवन निमार्णको टेण्डर भई १५ महिनाभित्र निमार्ण कार्य सम्पन्न गर्ने गरि सम्झौता भईसकेकाले फागुन महिनाको पहिलो हप्तादेखि काम शुरु हुनेछ । दुई करोडको लागतमा निमार्ण हुने भवनको जिम्मा बर्दियास्थित यादव कन्स्ट्रक्शनले पाएको छ । भवन बनेपछि राप्ती नदी सुतिया नालाको वीचमा रहेको चौफेरी, छिटाईपुर्वा र पाझा गाउँका करीब २ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
बाँकेकै बढी प्रभावित क्षेत्रअन्तर्गत रहेको गाउँका बाढीपिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिकरुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा एकवटा मात्र रहेको सामुदायिक विद्यालयका बालबालिकालाई समेत सहयोग पुग्नेछ ।
शहरी विकास इकाईले डुडुवा गाउँपालिकाको बाढी प्रभावित क्षेत्र वडा नं. २ मा पनि आकस्मिक आश्रयस्थल निमार्ण गर्ने जनाएको छ । त्यसका लागि जग्गाको खोजी भईरहेको इकाई प्रमुख कर्माचार्यले बताऐ ।
यो संगै गाउँपालिकाले बाढी प्रभावितहरुका लागि ४ वटा आश्रयस्थल निमार्णको कार्य गरिरहेको छ । गतवर्षदेखि निमार्ण थालिएको आश्रयस्थलको पहिलो चरणको निमार्ण कार्यसकिएको छ भने दोस्रो चरणको निमार्ण कार्य यो वर्ष सम्पन्न हुने प्राविधिक शाखाका मदनेश्वर झाले बताए ।

Next Post

संघको महासचिवमा ओली निर्वाचित

२८ माघ २०७६, मंगलवार १६:२७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको महासचिवमा चिरञ्जीवी ओली निर्वाचित भएका छन् । संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको मंगलवार गरिएको आन्तरिक निर्वाचन प्रक्रियाबाट ओली महासचिवमा चुनिएका हुन् । यसअघि अध्यक्ष, दुई उपाध्यक्ष, कार्यसमिति सदस्य, एशोसिएट र वस्तुगन सदस्यको निर्वाचन भईसकेको छ । कार्यसमिति सदस्यहरुकै आन्तरिक चुनाव वा सहमतिबाट महासचिव, […]