बाँकेमा आजदेखि सार्वजनिक सवारी साधन चले

सदरलाइन संवाददाता १५ असार २०७८, मंगलवार १३:०३
 

नेपालगञ्ज : करिव दुई महिनापछि आजदेखि बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । भाइरस संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेकाले तत्कालकालागि मंगलवारदेखि ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने स्थानीय प्रशासनले निर्णय गरेको थियो ।

त्यहीअनुसार मंगलवारदेखि बाँकेमा विजोर नम्वरका सवारीसाधन चलेका छन् । दिनअनुसार, जोर विजोर नम्वरका सवारीसाधन चल्ने छन् । जोर अंक परेको दिन जोर नम्वरका र विजोर अंक परेको दिन विजोर नम्वरका सवारीसाधन चल्ने बाँके प्रहरीले जनाएको छ । सवारीसाधनमा स्वास्थ्य मापदण्ड भने पूर्णरुपमा पालना गर्नु पर्ने बाँकेका सिडियो शिवराम गेलाले बताए ।


अनिवार्य रुपले मास्कको प्रयोग गर्नुपर्ने छ । सेनिटाइजरको प्रयोगलाई पनि अनिवार्य गरिएको उनले बताए । बजार व्यवसाय भने विहान ९ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय यथावत रहेको छ ।

दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १३ गतेदेखि बाँकेमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याएर असार २१ गतेसम्म पुर्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि धान दिवस मनाईंदै

१५ असार २०७८, मंगलवार १३:०३
नेपालगञ्ज : मंगलवार देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै छ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइएको छ । अन्नको भण्डारका रुपमा चिनिने बाँके र बर्दियामा पनि समयमै बर्षा भएकाले किसानहरु […]