बाँकेमा पनि धान दिवस मनाईंदै

सदरलाइन संवाददाता १५ असार २०७८, मंगलवार १३:११
 

नेपालगञ्ज : मंगलवार देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै छ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन ।

कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइएको छ । अन्नको भण्डारका रुपमा चिनिने बाँके र बर्दियामा पनि समयमै बर्षा भएकाले किसानहरु अहिले धान रोपाइँमा व्यस्त छन् ।


समयमै बर्षा भएको र मलको अभाव झेल्न नपरेकाले यो बर्ष उत्पादन बढ्ने आशा किसानहरुको छ । असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पछिल्लो २४ घण्टामा ३५ संक्रमित थपिए

१५ असार २०७८, मंगलवार १३:११
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १ सय १८ नमुना परीक्षण गरिएकोमा ३५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीको प्रयोगशालामा ७० नमुना परीक्षण गर्दा २९, मेडिकल कलेजको प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा १ र बागेश्वरी […]