नेपालगन्ज उप–महानगरको प्रवक्तामा रिजाल

११ भाद्र २०७५, सोमबार १३:४५
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उप–महानगरको प्रवक्तामा वडा नं. १ का वडा अध्यक्ष समेत रहेका प्रमोद रिजाल चयन भएका छन् । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले उनलाई प्रवक्तामा चयन गरेको हो ।
स्थानीय सरकारको रुपमा रहेको उप–महानगरपालिकाका तर्फबाट आधिकारिक धारणा प्रवक्ता मार्फत सार्वजनिक गर्नका लागि वडा अध्यक्ष रिजाललाई प्रवक्ता चयन गरिएको नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ ।
कानून व्यवसायी पृष्ठभूमी भएका वडा अध्यक्ष रिजाल सामाजिक अभियन्ता समेत हुन् । रिजाल तत्कालिन नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

Next Post

चौतर्फी विरोधपछि नेपालगन्जमा निःशुल्क पार्किङ

११ भाद्र २०७५, सोमबार १३:४५
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा निर्माण गर्ने भनिएको पार्किङस्थल निःशुल्क गर्ने भएको छ । सडकमा सवारी साधन पार्किङ गरेवापत शुल्क लिने भनेपछि चौतर्फी विरोध र दबाव सृजना हुँदा उपमहानगरले पार्किङस्थललाई निःशुल्क गर्ने भएको हो । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि हाललाई स्थगीत […]