गौसुलवरा कन्फ्रेन्समा कोरोनाविरुद्ध प्रार्थना

३० फाल्गुन २०७६, शुक्रबार ०९:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : इस्लामका विभिन्न पक्षबारे आम नागरिकलाई बुझाउने उदेश्यकासाथ नेपालगञ्जमा भब्यताका साथ १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स सम्पन्न भएको छ ।

करिव एक दशकदेखि फुलटेक्रामा यस्तो कन्फ्रेन्स हुँदै आएको र सो कन्फ्रेन्समा भारतको विभिन्न ठाउँबाट आएका मुस्लिम धर्म गुरुहरुले इस्लाम धर्मको आवश्यकता, महत्व र यस्ले दिने सन्देशकाबारेमा आ–आफ्नो धारणा राखेका थिए ।


सो अवसरमा विश्वव्यापी आतंक मच्चाएको कोरोना भाइरस नेपालमा नभित्रिर्योस भनेर सामुहिक प्रार्थना समेत गरिएको हाजी रज्जब अलि अन्सारीले जानकारी दिए ।

कन्फ्रेन्समा मुख्य व्यक्तिको रुपमा मुकरिरे खुसुसी, पिरे तरिकत रहबरे राहें शरिअत खतिबे जिशान हजरत, अल्लामा मैलाना, सैयद अल्हाज मोहम्मद आमिर मस्ऊदी साहब किब्ला खानकाह मस्ऊदीया बान्दा युपि, साथै जेरे निजामत हजरत हाफिज व कारी हस्सान रजा साहब किब्ला बरेली शरिफ, मुकरिरे जिशान फाजिले जलिल हजरत मौलाना नोमान अख्तर फेकुल जमाली साहब किब्ला झारखण्ड बिहार, त्यसैगरी शायरे हर दिल अजिज जनाब सन्दल जलाल पुरी अम्बेडकर नगर युपि, र शायरे हिन्दुस्तान बुलबुले मदिना जनाब शकिल रहबर चैनपुरीको सहभागीता रहेको थियो ।

Next Post

कोहलपुरमा दुईदिने मोबाईल एप्लिकेसन तालिम सुरु

३० फाल्गुन २०७६, शुक्रबार ०९:२१
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर नगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि मोबाईल एप्लिकेशन मार्फत तथ्याङ्क संकलन तथा सम्पादन सम्बन्धी दुई दिने तालिम बिहिवारबाट सुरु भएको छ । कोहलपुर नगरपालिका बिपद व्यस्थापन संयोजक दयाराम बिकको अध्यक्षतामा सुरु भएको सो तालिम प्रदेश सरकारको एक घर एक धाराको पहुँच, सम्पुर्ण […]