दाङमा बसको ठक्करबाट युवतीको मृत्यु

सदरलाइन संवाददाता ९ पुष २०७९, शनिबार १४:५७
 

दाङ : दाङको घोराही तुलसीपुर सडकखण्डमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।

मृतक युवतीको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकल चालक दंगीशरण गाउँपालिका ७ का १७ वर्षीय क्रिश खड्का घाइते भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमका अनुसार घोराही उपमहानगरपालिका १६ सर्रामा तुलसीपुरबाट घोराही आउँदै गरेको रा १ ख २३७५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

घाइते खड्काको उपचार राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा भइरहेको छ । ठक्कर दिने बस र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत सम्भार सुरु

९ पुष २०७९, शनिबार १४:५७
कञ्चनपुर : नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मतको कार्य अगाडि बढाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ५७औँं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण अवस्थामा रहेका सीमा स्तम्भमर्मत सम्भारको कार्य अगाडि बढाएको हो । भारतीय पक्षले जोर नम्बरका २४ जीर्ण अवस्थाका सीमा स्तम्भ मर्मतको कार्य गरिरहेको छ । नेपाल– […]