बाँकेमा पनि मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

सदरलाइन संवाददाता ७ असार २०७८, सोमबार १३:४८
 

नेपालगञ्ज : बाँकेमा सोमवार विश्व योग दिवस मनाइएको छ । योग समिति नेपाल बाँकेले जिल्ला आयुर्वेद केन्द्र नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालयमा योग अभ्याससहित शुभकामना आदानप्रदान गर्दै दिवस मनाएको समितिका अध्यक्ष गिरीराज शर्माले जानकारी दिए ।

योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्व दिने यस्का अभियान्ताहरु बताउँछन् ।


आयुर्वेद केन्द्रमा भएको कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिल चौधरी, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारी, सदस्य अक्षरी पोखरेल, योग समिति नेपालका सल्लाहकार नन्दलाल बैश्य, अधिवक्ता विश्वजित तिवारीलगायतले मानव जीवनका लागि योग महत्वपूर्ण भएको भन्दै शुभकामना दिएका थिए ।

यस्तै जिल्ला प्रहरी कार्यालयमा भएको कार्यक्रममा डिएसपी शुभाष खड्काले स्वस्थ रहन हरेक व्यक्तिका लागि योग महत्वपूर्ण र अपरिहार्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अञ्जनी माता रसोइलाई २८ हजार सहयोग

७ असार २०७८, सोमबार १३:४८
नेपालगञ्ज : जन्मथलो बाँकेमा रहेर अध्ययनका शिलशिलामा इजरायलमा गएका विद्यार्थीले भेरी अस्पतालमा सञ्चालित अञ्जनी माता रसोइका लागि सुन्दरकाण्ड मित्र मण्डललाई २८ हजारबढी रकम सहयोग गरेका छन् । मित्र मण्डलले अस्पतालमा रहेका कोभिडका विरामी र कुरुवाका लागि २० रुपैयाँमा खाना खुवाइरहेको छ । बाँकेका विभिन्न ठाउँबाट इजरायल पुगेका ८ जना विद्यार्थीले […]