धारा नेपालगञ्ज म्याराथन र सारमंग देहरादुनबीच सम्झौता

सदरलाइन संवाददाता २२ आश्विन २०७९, शनिबार १३:२७
 

नेपालगञ्ज : धारा नेपालगञ्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवै विश्व म्याराथनको सर्वोच्च निकाय एसोशिएशन अफ इन्टरनेशनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् ।

सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि सारमंग देहरादुन म्याराथन रेश डाइरेक्टर अनिल मोहनले खुशी व्यक्त गरेका छन् ।

‘एशियाका दुई सहरमा हुने प्रतिष्ठित म्याराथनहरुबीच एकअर्कालाई सहयोग गर्ने उद्देश्यले सम्झौत ागर्न पाउँदा धेरै खुशी छौं । यस सम्झौताले म्याराथन पर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौं ।’ उनले भनेका छन् –‘उत्तराखण्ड र नेपाल दुवैको पहाडी रहनसहन, संस्कृति र भौगोलिक बनोट समानता छ । हामी नेपालबाट आउने धावकहरुलाई स्वागत गर्न सदैव आतुर रहनेछौं ।’

सारमंग देहरादुन म्याराथन यही अक्टोबर १६(मंसिर ३० गते) हुनेछ । धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण भने मंसिर २४ गते हुनेछ । देहरादुन म्याराथनसँग सहकार्य गर्न पाउँदा नेपालगञ्ज म्याराथनका संस्थापक–अध्यक्ष टीएस ठकुरीले धार्मिक पर्यटनमा समेत ठुलो टेवा पुग्ने बताए । ‘अधिकांस हिन्दु धर्मावलम्बीहरुका लागि हरिद्वार, ऋषिकेस ठुलो तीर्थ स्थल हो, नेपालगन्जस्थित बागेश्वरी शक्तिपीठ पनि उत्तिकै महत्वपुर्ण हो ।’ ठकुरीले भने–‘यो सम्झौताले धार्मिक पर्यटनको समेत प्रवद्र्धन हुने अपेक्षा गरेका छौं ।


साथै धेरैभन्दा धेरै नेपाली धावकले विदेश भुमिमा खेल्ने अवसर पनि अर्को महत्वपुर्ण पाटो हुनेछ ।’ देहरादुनमा म्याराथनमा सहभागिताका लागि स्थानीय खेलाडीलाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय स्तरका धावक धाविकालाई समेत अवसर प्रदान गरिने ठकुरीले जानकारी गराए ।

एक दशक लामो सशस्त्र द्वन्द्धलाई औपचारिक विश्राम दिन नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै विगत आठ बर्षदेखि हरेक मंसिरको पहिलो शानिबार नेपालगन्ज म्याराथन हुँदै आएको छ । यसबर्ष आम निर्वाचनका कारण मंसिर २४ गते म्याराथन हुनेछ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ नेपालगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगञ्ज म्याराथन यस बर्ष भने आम निर्वाचनका कारण मंसिर २४ गते आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

२२ आश्विन २०७९, शनिबार १३:२७
दाङ : दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङ स्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको हो […]