नेपालगञ्ज : कम्युनिटि पार्टनर ईन्टरनेशनल (सिपिआइ), एमआइटी ग्रुप र भृकुटी देबी ट्रष्टले तत्कालिन मध्य र सुदूर पश्चिमका १२ जिल्लामा कोभिड–१९ लगायतको संक्रमणको उपचारमा प्रयोग गर्न सजिलो बनाउने उदेश्यले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।
कम्युनिटि पार्टनर ईन्टरनेशनल (सिपिआइ) दक्षिण एशिया प्रतिनिधि अनुप तिवारीले बाँके, बर्दिया, दाङ्ग, रोल्पा, जाजरकोट, बैतडी, बाजुरा अछामलगायतका १२ जिल्लामा कोभिड–१९ को संक्रमणको उपचारमा सहज पुराउदै जिल्लामै अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने मुख्य उद्देश्यले सबै जिल्लामा १२–१२ वटा पर्ने गरी २४० वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराईएको जानकारी दिए ।
उनले पहिलो चरणमा उपलब्ध गराईएका अक्सिजन कन्सन्ट्रेटर मध्ये ५ लिटरदेखि ८ लिटर प्रतिििमनेट उत्पादन गर्ने क्षमताको ८० थान र १ सय ६० थान १० लिटर क्षमताको रहेका छन् । उनले अक्सिजनको अभावमा कसैलेपनि मृत्युबरण गर्न नपरोस भनेर अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने सोचले अघि बढेको बताए ।
उनले विभिन्न जिल्लामा बितरण गरेको अक्सिजन कन्सन्ट्रेटर बारकोडले ट्रेकिङ्ग गर्न मिल्ने गरी व्यवस्था मिलाईएको जानकारी दिदै अक्सिजन कन्सन्ट्रटरको अवस्था बुझ्न र कहाँ प्रयोग भए नभएको जानकारी लिन सकिने गरी व्यवस्था मिलाईएको बताए ।
कम्युनिटि पार्टनर ईन्टरनेशनल (सिपिआइ) दक्षिण एशिया प्रतिनिधि तिवारी आफै नेपालगञ्ज उपस्थित भएर विभिन्न जिल्लाका प्रतिनिधिलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमाफर्त हस्तान्त्रण गरेका थिए ।