जनसरोकारका मुद्धमा लुम्बिनीका मुख्यमन्त्रीको ध्यान

सदरलाइन संवाददाता १६ मंसिर २०८१, आईतवार १८:२१
 

कपिलवस्तु :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसरोकारका योजनाहरुको अनुगमन सुरु गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ र ८ मा रहेको बाणगंगा नदीमा भत्किएको पक्कि पुल र चिस्यान केन्द्रको अनुगमन गरेका हुन ।

संघीय सरकारको बजेटबाट करिब चार बर्ष अघि बाणगंगा नदीमा पक्कि पुल बनेको थियो । निर्माण सम्पन्न भएको दुई बर्षको अवधिमा पुल भत्किएपछी आवागमन अवरुद्ध छ । कपिलवस्तु र अर्घाखाँची जिल्ला जोड्ने पुल भत्किएपछी समस्या परेको भन्दै स्थानीयहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

अनुगमनको क्रममा मुख्यमन्त्री आचार्यले पुल पुनः निर्माणको लागि प्रदेश सरकारले पहल लिने बताए । ‘पक्कि पुल बनेको तर, बनेको केही बर्ष भित्रै भत्किएको अवस्था रहेछ । संघीय सरकारको आयोजना भएकाले पुनः निर्माणको लागि संघीय सरकार समक्ष प्रदेश सरकारले पहल गर्छ’–उनले भने–‘नागरिकहरुले दुःख पाउनु भएको छ । कसरी हुन्छ यहाँ पुनः पुलको काम अघि बढाउन जरुरी छ ।’


जहदी–कुपुवा–बनगाई–मोतिपुर–डोटेपुर सडक खण्ड अन्तरगत बाणगंगा नदीमा उक्त पुल बनेको थियो । मुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल अनुगमनमा सहभागी थिए ।

यस्तै बाणगंगा नगरपालिका–७ मा निर्माणधिन चिस्यान केन्द्रको पनि मुख्यमन्त्री आचार्यले अनुगमन गरेका थिए । कृषि उपज सामाग्रीको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र बनिरहेको हो । तर, अझैं आयोजना सञ्चालनमा आउन सकेको छैन् ।

चिस्यान केन्द्र निर्माणको काम सम्पन्न गरेर सेवा सुचारु गर्न मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षमा अनुरोध गर्दै भने–‘संरचना बन्ने तर, त्यो प्रयोगमा नआउने अवस्था छ । यस्तो अवस्था आउन दिनुहुदैन । जहाँ लगानी हुन्छ, त्यसको पूर्ण सदुपयोगमा ध्यान दिनुपर्छ । प्रतिफल दिने आयोजनाहरुलाई अघि बढाउने प्रदेश सरकारको योजना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छाडा पशु चौपायाको नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने कार्यक्रम ल्याउदै लुम्बिनी प्रदेश सरकार

१६ मंसिर २०८१, आईतवार १८:२१
कपिलवस्तु :  लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको संरक्षण सहितको नश्लसुधारको योजना बनाई अघि बढ्ने भएको छ । छाडा पशु चौपायको समस्या समाधान गर्न दिर्घकालिन योजनालाई प्राथमिकतामा राख्दै ठोस योजना बनाउने भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदायस्तरमा एकिकृत गौशाला निर्माण गरेर नश्ल […]