आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेमा भण्डारी र पोखरेल

सदरलाइन संवाददाता ३ असार २०७८, बिहीबार १८:२९
 


नेपालगञ्ज  : लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषदको निर्णय अनुसार बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा जनकराम भण्डारी र सदस्यमा अछरी पोखरेललाई मनोनित गरीएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समिति विगतमा प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका प्रमुख र अस्पताल प्रमुख गरी ३ जना मात्र रहेकोमा पछिल्लो पटक २ जना थप गरी कार्यसमितिले पुर्णता पाएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रले बिहीबार व्यवस्थापन समितिका नया अध्यक्ष तथा मनोनित सदस्यलाई सम्मान तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार नै समितिको पहिलो बैठकले आयुर्वेद अस्पताल भवन निर्माण,कार्यक्रमको जानकारी तथा संचालन र नियमित बैठक सम्बन्धमा निर्णय गरेको नव मनोनित सदस्य अक्षरी पोख्रेलले जानकारी दिईन ।

आयुर्वेद अस्पताल भवन निर्माण कार्यलाई बहुबर्षीय योजना अन्र्तगत राखेर प्रदेश योजना आयोगमा सिफारिस गर्ने, आयुर्वेद स्वास्थ्य केन्द्रको स्तर उन्नती गरी हाल प्रदान गर्दै आएको सेवा अझ प्रभावकारी बनाउने उदेश्यले समितिलाइ पुर्णता दिइएको हो ।


आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. अनिलकुमार चौधरीले हालसम्म गरेका कार्यक्रम र भावि योजनाका बारेमा जानकारी गराए । २०५५सालमा स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्रमा हाल १० जना कर्मचारी रहेका छन् ।

सो केन्द्रमा प्रशासकिय दक्ष जनशक्तिको अभाव, महिला नर्स तथा अनमिको कमिको अवश्यक रहेको अयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. चौधरीले जानकारी दिए । उनले आगामि दिनमा स्वास्थ्य शिक्षकहरुलाई स्वास्थ्य प्रशिक्षक प्रशिक्षण तालिम, स्वास्थ्य शिविर र योजना तर्जुमा सूचनामूलक तालिम संचालन गर्ने तयारी रहेको पनि जानकारी गराए ।

यसैगरी जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिस चन्द्र शर्माले प्रशासनको तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताए । कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर धबल शंसेर राणाले स्थानीयस्तरमा अस्पताल बन्नु खुशीको कुरा भएको भन्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यसमितिको पदाअवधि ३ बर्ष रहने छ । समितिले अस्पताल व्यवस्थापन र संचालनको लागि आवश्यक साधन स्रोतको व्यवस्था गर्ने,अस्पतालको बार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने, अस्पतालले प्रदान गर्ने सेवा शुल्क निर्धारण गर्ने, अस्पतालको बार्षिक प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने, अस्पतालको नियमित मर्मत संभार तथा विस्तार गर्ने, समितिको लागि आवश्यक प्राविधिक तथा प्रशासनिक पद सृजना गर्ने, अस्पतालबाट प्रबाह गरीने सेवाको विस्तार एवं गुणस्तर अभिबृद्धि गर्ने जस्ता काम गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला विपद व्यवस्थापन समितिद्वारा बाढी पूर्व सुचना संयन्त्रको अवलोकन

३ असार २०७८, बिहीबार १८:२९
राप्तिसोनारी (बाँके) : बाँकेमा बाढीजन्य प्रकोपको अवस्थाबारे जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिबलाल गेलालको नेतृत्वमा सुरक्षनिकाय लगायत सरोकारवालाको टोलिले बाढी पुर्व सुचना संयन्त्रको स्थलगत अवलोकन गरेको छ । प्रमुख जिल्ला अधिकारी गेलालको टोलिले बाँकेको राप्तिसोनारी गाँउपालिका वडा नं १ कुसुममा रहेको बाढीमापन सुचना केन्द्रको स्थलगत […]