विराटनगरका २ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि

४ जेष्ठ २०७७, आईतवार १९:३३
 

सदरलाइनडटकम,
मोरङ : नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोशी अस्पताल विराटनगरमा आइतवार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । योसँगै कोरोना संक्रमितको सङ्ख्या दुई सय ९४ भएको छ । ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ । (उज्यालोअनलाइन)

Next Post

नेकपा बैजनाथ गाउँ कमिटीद्वारा पार्टी एकता तथा मदनआश्रीत दिवशमा रक्तदान

४ जेष्ठ २०७७, आईतवार १९:३३
सदरलाइनडटकम, बैजनाथ (बाँके)  : नेपाल कम्प्युनिष्ट पार्टी बैजनाथ गाउँ कमिटिले नेपकाको दोस्रो एकता दिवस तथा मदन आश्रितको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. ४ मा आयोजित रक्तदान कार्यक्रममा एक सय ४६ जनाले रक्तदान गरेका छन् । साथै शनिबार बैजनाथको जी गाउँ स्थित प्रभात […]