सेन्ट जेभियर्स र गुरुकुल स्कुलबिच मैत्रीपुर्ण खेल हुँदैं

सदरलाइन संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १७:३६
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज सेन्ट जेभियस स्कुल र कैलालीको गुरुकुल इङलिस मिडियम स्कुलबिच शनिबार मैत्रीपुर्ण खेल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा डुडुवा गाउँपालिकाको कम्दीमा हुन लागेको मैत्री पुर्ण खेल नवदुर्गा खेल मैदानमा हुनेछ ।

नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल बाँके जिल्ला फुटबल संघले गत महिना आयोजना गरेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल तर्फ बाँकेको च्याम्प्यिन टिम हो । कैलालीको गुरुकुल पनि मेयर कप फुटबलको पुर्व विजेता टोली हो ।

जुनियर स्तरका खेलाडीलाई अवसर र क्षमता अभिवद्धि गर्ने उद्देश्यले दुई जिल्लाका च्याम्पियन स्कुलबिच मैत्रीपुर्ण फुटबल आयोजना गर्न लागेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।


उनले भने, ‘हामीले दुई वर्ष पछि बाँकेमा मेयर कप फुटबल गरेको थियौं । प्रतियोगिता निकै भव्य रुपमा सम्पन्न भयो । विद्यालयस्तरबाटै हो नयाँ प्रतिभावान खेलाडी उत्पादन हुने । मेयर कप फुटबल विजेतालाई थप अवसर प्रदान गर्नको लागि हामीले मैत्रीपुर्ण फुटबल गर्ने निर्णय गरेका हौं । यसमा सबैका साथ र सहयोगको अपेक्षा गरेका छौं ।’ दिउँसो १ बजे हुने भनिएको मैत्रीपुर्ण फुटबलको स्थानीय व्यवस्थापन डुडुवाको नवदुर्गा क्लबले गरेको छ ।

मैत्रीपुर्ण फुटबलले बाँके जिल्लाका खेलाडीहरुलाई नयाँ अवसर प्रदान गर्ने बाँके जिल्ला फुटबल संघका सदस्य तथा मैत्रीपुर्ण खेलको संयोजक दिपेन्द्र घलेले बताए । उनले भने, ‘मैत्रीपुर्ण खेलको सम्पुर्ण तयारी पुरा भएको छ । हामीले लामो समय पछि बाहिर जिल्लासँग मैत्रीपुर्ण फुटबल खेलिरहेका छौं । यसले बाँके जिल्लामा फुटबलको लोकप्रियतालाई बढाउन पनि सहयोग गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अठोटले मूर्तिकार बनायो : पुन

१८ फाल्गुन २०८०, शुक्रबार १७:३६
नेपालगञ्ज : मूर्तिकार महेन्द्र पुन मगरलाई मूर्ति बनाउन भ्याइनभ्याई छ । २८ बर्षीय मगरले दुई बर्षमा बाबु गुमाए । आफु बुझ्ने भएपछि उनले बुवाको मुर्ति बनाउने सोँच बनाए । बुवाको नागरिकताको प्रमाणपत्रमा रहेको फोटोको आधारमा मूर्ति बनाउने प्रयास गरे । तर पहिलो पटक बनाएको मूर्तिबारे उनलाई आफै चित्त बुझेन । […]