खजुराको क्यान्सर अस्पतालबाट करिव ३० हजार क्यान्सर विरामीले सेवा लिए

सदरलाइन संवाददाता २७ भाद्र २०८०, बुधबार १८:१३
 

खजुरा (बाँके) :  बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट करार र काजमा रहेका जनशक्तिबाट गत आर्थिक वर्षमा करिव ३० हजार क्यान्सर पीडितले उपचार सेवा पाएका छन ।

अस्पताल विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार २ सय ५५ जना क्यान्सरका विरामीले सेवा लिएका छन् । लुम्बिनी, कर्णाली र सुुदुरपश्चिम प्रदेशलाई लक्षित गरि स्थापना गरिएको सो अस्पतालमा पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचार गरिरहेको छ ।

यसैगरी आर्थिक वर्ष २०७८/७९ मा जनरलसहित २५ हजार १ सय ८१ जनाले उपचार सेवा लिएको पाईएको छ । क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीको सहजताका लागि विरामी ओसार पसारमा सहज होस् भन्नका लागि भारतीय राजदूतावासले एक थान सुविधासम्पन्न ए श्रेणीको एम्बुलेन्स र एक थान स्टाफ बस हस्तान्तरण भई संचालनमा आएको अध्यक्ष मल्लले जानकारी दिए ।


उनले सो अवसरमा अस्पतालले पछिल्लो समय अस्पतालबाट प्रदान हुने सेवा सुविधालाई पराकिलो बनाउँदै लिएको बताए । उनले ७० वर्ष नाघेका जेष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५० प्रतिशत अस्पताल विकास समितिले व्यहोर्ने गरि छुट गरिएको, गरिब, असहाय तथा विपन्न बिरामीका लागि नि शुल्क उपचार तथा एवम् १० प्रतिशत बेड छुट्याइएको जानकारी दिए ।

अस्पताल विकास समितिको नेतृत्व गरेको एक वर्षको प्रगती कार्य विवरण सार्वजनिक गर्दै अध्यक्ष मल्लले भने, ‘अहिले अस्पतालमा जनशक्ति अभाव छ, राज्यले जनशक्तिको परिपुर्ति गरिदिन सकेको छैन काज अस्थाई दरबन्दिका कर्मचारीले हामिले सेवा प्रदान गरिरहेका छौं ।’ कर्मचारी अभावकाबिच पनि गुण्स्तरिय सेवा दिने कोशिस भईरहेको छ । अस्पतालमा क्यान्सर लगायत विरामीको संख्यामा उल्लेख्य बृद्धि भईरहेको छ ।

बिरामीलाई रगतको आवश्यक पर्दा नेपालगञ्ज लगायत अन्य ठाउँमा रगत लिन जान नपरोस भन्ने उद्देश्यले क्यान्सर अस्पताल परिसरमै ब्लड बैँक स्थापना गरि संचालनमा ल्याइएको लगायतका कामहरु एक वर्षको कार्यकालमा गरिएको अध्यक्ष मल्लले जानकारी दिए । उनले खजुरा क्यान्सर अस्पतालले भोलीका दिनमा बाँकेसंगै लुम्बिनी प्रदेशलाई नै चिनाउने विश्वास ब्यक्त गरे ।

‘हामी अस्पताल बिकास समितिमा स्थानीयतहको जस्तो राजनीति गर्न आएका होइनौँ स्वास्थ्य सुधार गर्न आएका हौ’– उनले भने । यस अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक–कान–घांटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाबथैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको भएपनि करिव ४ सय ९ जना विभिन्न श्रेणीका चिकित्सक तथा कर्मचारी आवश्यक छ तर दरबन्दी भने स्वीकृत हुन नसक्दा सेवा प्रभावित भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा १४ वर्ष पूरा भएका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु

२७ भाद्र २०८०, बुधबार १८:१३
नेपालगञ्ज :  भेरी अस्पताल नेपालगञ्जमा बुधबारदेखि २०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र १४ वर्ष पूरा भएका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरिएको छ । अस्पतालबाट तीन दिनसम्म खोपको पहिलो मात्रा दिइने भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले जानकारी दिए । देशका सात प्रदेशका सात वटा […]