कम्मर शाह दर्शनका लागि रुमिताद्धारा निःशुल्क बस सेवा

सदरलाइन संवाददाता १७ पुष २०८०, मंगलवार १५:४७
 

नेपालगञ्ज : नेपालगञ्ज ४ की वडा सदस्य रुमिता श्रेष्ठले कम्मर शाह मेला दर्शनका लागि जान चाहने सर्वसाधरणलाई निशुल्क बस सेवा उपलब्ध गराकी छिन् । आफुले कम्मर शाह बाबा आस्थाको धरोहर भएको बताइन् । उनले दुई दिन बस सेवा निशुल्क गरिएको बताइन् । वडाबाट मेला जान चाहने गरिव तथा विपन्न नागरिकलाई लक्षित गरेर बस सेवा सुरु गरिएको बताइन् ।

उनले हरेक चाडपर्वमा सामाजिक कार्य गर्दै आएकी छिन् । कम्मर शाह बाबा दर्शनका लागि निशुल्क बस सेवा पाएपछि स्थानीयबासी खुसी भएका छन् । उनीहरुलाई आउने जाने बस सेवा निशुल्क गरिएको हो ।धार्मिक सदभाव झल्काउने हजरत बाबा कम्मर शाह मेला चलिरहेको छ । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको हो ।

हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् । कम्मर शाह बाबा मेलामा सबै धर्ममा आस्था राख्ने सर्वसाधारणले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्व रहेको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झङ्कबहादुर थापाको भनाइ छ । उनका अनुसार चार दिनसम्म सञ्चालन हुने मेलामा हिन्दू, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकांक्षा राख्ने गरेका छन् ।


यहाँ राखेको मनोकांक्षा पूरा हुने जनविश्वास छ । मेलामा बाँके र बर्दियाका सर्वसाधारण सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाट समेत भारतीय नागरिक मेला गर्न आउने गरेको स्थानीय अगुवा राजेन्द्र विश्वकर्माले बताए । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि हजरत बाबा कम्मर शाह मेला महत्वपूर्ण रहेको उनको भनाइ छ ।

बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा पर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दू र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा छ । डुडुवा गाउँपालिका–५ मा हिन्दू र मुस्लिम धर्मावलम्बीको बसोबास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जब्दीघाटमा पुल निर्माणका लागि जनअभियान

१७ पुष २०८०, मंगलवार १५:४७
बर्दिया : गुलरिया र बारबर्दिया जोड्ने जब्दीपुलको निर्माणको मागको राख्दै जनअभियान सञ्चालन गरिएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्रको पहलमा सो अभियान सञ्चालन भएको हो । पप्पु निर्माण सेवा निर्माणले गरेको पुल २०७४ साउन २८ मा आएको बाढीले दुई वटा स्पान भासिएको थियो । साना सवारीसाधनसँगै स्थानीय पनि सोही भासिएको […]

सम्बन्धित