उत्कृष्ठ कार्यगर्ने तीन प्रहरी पुरस्कृत

सदरलाइन संवाददाता १ असार २०७८, मंगलवार १९:५८
 


बर्दिया : बर्दिया प्रहरी मातहतका विभिन्न ईकाई कार्यालय मध्ये उत्कृष्ट कार्य गर्ने ३ जना ईकाई कार्यलय प्रमुखहरु पुरस्कृत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दिया अन्तरगतका उत्कृष्ट कार्य गर्ने ३ जना ईकाई कार्यलय प्रमुखहरु त्रैमासिक मुल्यांकनका आधारमा पुरस्कृत भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका ईन्चार्ज प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।

पुरस्कृत हुनेमा ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहर निरिक्षक धर्मराज जोशी र प्रहरी चौकी कालिका बर्दियाका प्रहरी सहायक निरिक्षक सन्तबहादुर पाल रहेका छन् ।


ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेलाई उच्च निष्ठाका साथ प्रहरी कार्यगरि समाजमा प्रहरीको छवि उच्च बनाउन सफल भएको भन्दै बर्दिया प्रहरीले सम्मान गरेको हो ।

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहर निरिक्षक धर्मराज जोशिलाई भौतिकक पुर्वाधार निर्माण तथा संस्थागत सुधारमा उत्कृष्ट कार्य गर्न सफल भएको ठहर गर्दै सम्मान गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ । यस्तै र प्रहरी चौकी कालिका बर्दियाका प्रहरी सहायक निरिक्षक सन्त बहादुर पाललाई सिमानाकाबाट हुने तस्करी नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको बर्दिया प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाद्वारा पशु सुत्केरी भत्ता कार्यक्रम लागू

१ असार २०७८, मंगलवार १९:५८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले पशुपालक किसानलाई प्रोत्साहन गरीे र दुध उत्पादनमा आत्मनिर्भर नगरपालिका बनाउने उद्देश्यले पशु सुत्केरी भत्ता कार्यक्रम लागू गरेको छ । पशु सुत्केरी भत्ता कार्यक्रम लागू गरी पशुपालक किसानलाई प्रोत्साहन दिने संभवतह लुम्बिनी प्रदेश कै पहिलो नगरपालिका हो । कोहलपुर नगरपालिका–१३ खड्कवारका अजय पशुपालन फर्मका सञ्चालक […]

सम्बन्धित