पोस्ता दाना परीक्षणका लागि काठमाण्डौ पठाइयो

सदरलाइन संवाददाता २३ असार २०७९, बिहीबार १४:५८
 

नेपालगञ्ज : भारतीय कन्टेनरमा फल्स बटन बनाएर अवैध रुपमा भारत लैजाँदै गरेको अफिमको बियाँ (पोस्ता दाना) परीक्षणका लागि काठमाण्डौ पठाइएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले नेपालगन्जको प्रयोगशालाले अफिमको बियाँ उम्रिने वा नउम्रिने खालको भन्नेबारे पत्ता लगाउन नसकेपछि काठमाण्डौ पठाइएको बताए ।


प्रयोगशालाको रिपोर्ट आउँदै गर्दा भारतीय गाडीको मालिक र चालकलाई भने पत्राचार गर्ने तयारी भन्सार कार्यालयले गरेको छ । यसअघि ०७८ सालमा नेपालमा आयात गरिएको पोस्ता दाना उम्रिने खालको आयात भएपछि वाणिज्य विभागले छानबिन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा नालामा डुबेर बाँकेमा एक बालकको मृत्यु

२३ असार २०७९, बिहीबार १४:५८
नेपालगञ्ज : बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम) मा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुर्वा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधवार बेलुका मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया […]

सम्बन्धित