कोरोना संक्रमणबिरुद्ध बाँकेको नरैनापुर गाउपालिकाको आफ्नै मोडल

रुद्र सुवेदी / लक्ष्मी तिमिल्सेना २९ जेष्ठ २०७८, शनिबार १९:१४
 

नरैनापुर (बाँके) :  कोभिड–१९ को पहिलो कहरमा निक्कै चर्चाको शिखरमा पुगेको बाँकेको नरैनापुर गाउपालिका दोस्रो भेरिएन्टमा भने आफ्नै बलबुतामा कोरोना माहामारीसंग सहजै जित हासिल गर्ने अवस्थामा पुगेको छ । नरैनापुरले कोरोना संक्रमण बिरुद्धको अभियानमा पछिल्लो समय आफ्नै मोल स्थापित गर्न सफल भएको छ ।

कोरोना संक्रमणको पहिलो भेरिएन्टमा देशभरीका कोरोना संक्रमितको संख्या ५ सयको हाराहारीमा पुग्दा नरैनापुरमा मात्र १ सय २७ जना संक्रमित हुनुका साथै १ जनाले ज्यान गुमाउनु परेको थियो । तर, अहिले भने अवस्था फेरिदै गएको छ ।

जिल्ला सदरमुकाम नेपालगञ्जसंग जोडिने बाटो र विद्युतको अभावमा क्वारेन्टाईन र आईशोलेशन पनि निर्माण गर्न नसकेको नरैनापुरले कालोपत्रे बाटो, विद्युत र एमविविएस डाक्टर एकैसाथ पाउंदा कोरोना कहरको दास्रो भेरिएन्टमा नरैनापुरले आफुलाई मोडलको रुपमा उभ्याउन सकेको दावि गर्छन नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेत ।

नरैनापुरमा दोस्रो भेरियन्टको संक्रमण सुरु भएपछि जेठको तेस्रो सातासम्म १ सय ९४ जना संक्रमित हुनपुगे भने ४ जनाले संक्रमणको कारण ज्यान गुमाए । यद्यपी बाँकेमा सो अवधिसम्म कोरोना संक्रमित हुनेको संख्या १० हजार भन्दा बढी पुग्दा करिब ३ सयले कोरोना संक्रमणकै कारण ज्यान गुमायका छन् ।

प्रमुख प्रशासकिय अधिकृत बस्नेतले नरैनापुरमा पहिलो भेरियन्टमा आइशोलेशन पनि नभएको अवस्था स्मरण गर्दै भने– ‘नरैनापुरमा अहिले अक्सिजन सुबिधा सहितको आइशेलेशन निर्माण गरी दुई जना मेडिकल अफिसर सहित सेवा सञ्चालनमा ल्याएका छौं । हिजोका दिनमा आईशोलेसन र चिकित्सक नहुंदा नरैनापुर निक्कै चर्चाको शिखरमा थियो । तर, अहिले अवस्था बदलिएको छ ।’


नरैनापुरका ६ वटै वडा नेपाल–भारत सिमासँग जोडिएका छन् । यहाँका हरेक व्यक्ति रोजगारको लागि भारत जाने चलन छ । खुल्ला सिमाका कारण संक्रमित ब्यक्ति भारतबाट भित्रिने जोखिम बढी भएको कारणले गाउपालिकाले सिमामै एन्टीजेन परिक्षण सुरु गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए ।

उनले कोरोना संक्रमणको पहिलो लहरमा १ हजार ६ सय ८४ जनाको पिसिआर र ७ सय ८५ जनाको आरडिटी परिक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण देखिएको स्मरण गर्दै भने–‘ गतवर्ष नरैनापुरमा आईशोलेशनको अभावमा उनीहरुको व्यवस्थापन र उपचारमा कठिनाई भोग्नु परे पनि संक्रमणको दोस्रो लहरमा भने आफ्नै आईशोलेसन हुँदा उपचारमा सहज भएको छ ।’ उनले आवश्यक जनशक्ति र भौतिक पूर्वाधार दुबै एकैसाथ पुगेपछि अवस्था सहज भएको दाबी गरे ।

नरैनापुर गाउपालिकासंग अहिले ३५ वेडको अक्सिजन सहितको आफ्नै आईसोलेसन सेन्टर छ । अहिलेसम्म ६२ जना संक्रमितले आईशोलेसनमा भर्ना भएर सेवा लिएका छन् । भने ४ जनाले उपचारको क्रममा ज्यान गुमाएका छन् । पालिकासंग भएका २२ वटा सानो र ११ वटा ठूला अक्सिजन सिलिण्डरबाट संक्रमितहरुलाई हाईफ्लो अक्स्जिन दिएर भएपनि राख्न सक्ने क्षमता बनाएको लक्ष्मणपुर स्वास्थ्य केन्द्रका ईन्चाज तथा मेडिकल अफिसर डा. सागर पन्तको भनाई छ । उनले भने–‘केही उपकरण थप गर्दै हामीले तेस्रो भेरियन्टको पनि सामना गर्ने गरी तयारी अगाडि बढाएका छौ ।’

पहिलो भेरियन्टको संक्रमणमा अभावै अभावको कारण स्थिति सम्हाल्न कठिन भएकोले नरैनापुरले २०७७/७८ को बजेट विनियोजनका क्रममा कोराना संक्रमणको सम्भावित दास्रो लहरको सम्भावनालाई मध्येनजर गर्दै ९० लाख बजेट प्रक्षेपण गर्दै प्रकोप नियन्त्रणका लागि भनेर छुटएको कारण बजेट रकमान्तर गर्नु नपरेको लेखा शाखा प्रमुख प्रकाश अधिकारी बताउछन् । उनले नरैनापुर गाउपालिकामा कोरोना कहरकै बीचमा ठूलो आमुल परिवर्तन भएकोले कोरोना संग जुध्ने नरैनापुरको आफ्नै मोडल तयार भएको उनले दाबी गरे ।

बाँकेको नरैनापुर गाउपालिका सुगम भित्रको दुर्गम पािलकाको परिचय बनाएको भएपनि अहिले भने अवस्था फेरीएको छ । लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण थप गरी अझ आधुनिकीकरण गर्दै लैजानुको साथै अन्य पूर्वाधार र जनशक्ति थप गर्न सके सच्चिकै नरैनापुरको विकासले ठूलो फ्डको मार्नेमा प्रमुख कार्यकारी अधिकृत बस्नेतको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साहु समाजका १ सय ७ ले गरे रक्तदान

२९ जेष्ठ २०७८, शनिबार १९:१४
नेपालगञ्ज : साहू समाज जिल्ला कार्य समिति बाँकेले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका छन् । कोरोना कहरको बेलामा रक्तसञ्चार केन्द्रमा उपचारको लागि आवश्यक पर्ने रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको रक्तदान कार्यक्रमका संयोजक प्रदीप शाहले जानकारी दिए । समाजले गरिब, असहाय, […]