सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर २९३ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आइतवार २९३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
