सदरलाइनडटकम
२१ बैशाख, नेपालगन्ज : सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान बाँके लगायत देशैभरि देखिएको छ । शुक्रबार बिहान बाँके लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।
बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । नेपालगन्जस्थित बसपार्क पार्किङ क्षेत्रमा गाडीहरु थन्काइएको छ । टिकट काउन्टर बन्द छन् । गन्तव्यमा प्रस्थान गर्नुअघि बस राखिने ट्राकहरु सुनसान छन् । गाडी नपाएर यात्रुहरु अलपत्र परेका छन् ।
सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् । यातायात व्यवसायीको हड्तालको प्रभाव प्रदेश नंं ५ का जिल्लाहरुमा पनि परेको छ ।
प्रदेश ५ को अस्थायी राजधानी बुटवलस्थित लुम्बिनी बस टर्मिटनलबाट प्रदेश ५ का १२ वटै जिल्लामा सवारी साधन छुट्ने गरेकामा हड्तालका कारण यातायात व्यवसायीका संघरसमितिहरुले बसरजीप चलाएका छैनन् । सधैं व्यस्त र भरिभराउ हुने बुटवल बसपार्क सुनसान छ । टिकट काउन्टर पनि बन्द छ । बसपार्कमा यात्रुहरु अलपत्र छन् ।
बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । बसबाट स्कूल कलेज जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् । कक्षा १२ को परीक्षार्थीहरु बढी प्रभावित छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् । सरकारले यातायात व्यवसायीसँग घुँडा नटेक्ने बताउँदै आएको छ भने व्यवसायीहरु सरकारलाई घुँडा टेकाएरै छाड्ने बताउँदै आएका छन् । सरकार भर्सेस व्यवसायीको द्वन्द्वको मारमा जनता परेका छन् ।
४