सदरलाइनडटकम,
नेपालगञ्ज : क्रिकेटरहरुका लागि नेपालगञ्जमा दुईदिने तालिम शुरु भएको छ । जिल्ला क्रिकेट संघ बाँकेको आयोजनामा आधारभूत क्रिकेट अम्पायरिङ्ग तथा स्कोरिङ्ग कोर्षको आयोजना गरिएको हो । संघका अध्यक्ष दुर्गाबहादुर थापाले तालिममा कोहलपुर, खजुरा र नेपालगञ्जका ३० भन्दा बढी क्रिकेटरहरुको सहभागिता रहेको बताए ।
क्रिकेट प्राविधिकहरुलाई विषेशरुपमा तयार गर्नका लागि तालिमको आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रम प्रदेश नं. ५ का सभाषद सुरेन्द्र हमालको आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सभाषद हमालले खेलकुद क्षेत्रलाई अझ ब्यवस्थित गर्दै अगाडी बढाउनु पर्ने बताए ।
