लागूऔषधसहित भारतीय नागरिक पक्राउ

सदरलाइन संवाददाता १० असार २०८०, आईतवार १४:३६
 

बर्दिया : बर्दियाको बढैयातालमा लागूऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक लागूऔषध कारोबारी भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

भारत उत्तरप्रदेश राज्यको बहराइच जिल्लाको बलैगाउँ हुदै आउने क्रममा बढैयाताल गाउँपालिका २ फुटाहामा शनिबार बेलुका २ सय ८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले पक्राउ परेका भारत बलैगाउँका २५ वर्षीय मनोजकुमार थारु भएको बताए । जिल्लामा अहिलेसम्म प्रहरीले ठूलो परिमाणको लागूऔषध ब्राउनसुगर फेला पारेको हो,’ उनले भने‚ ‘लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी, बर्दियाको संयुक्त टोलीले जाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो ।,’

हाफ पेन्टभित्र लुकाएर नेपाली भूभाग फुटाहामा प्रवेश गर्दा शंका लागेर जाँच गरिएको थियो । बर्दियामा बढैयातालको जमुनी र गुलरियाको गणेशपुर लागूऔषध भारतबाट भित्र्याउने प्रमुख गन्तव्य मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरको बजेट : ४८ करोड ६२ लाख, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक क्षेत्रको विकास प्राथामिकतामा

१० असार २०८०, आईतवार १४:३६
नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाँउपालिकाको १३औँ गाँउसभाले ४८ करोड ६२ लाख बजेट सहितको नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ । नरैनापुर गाँउपापिलकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति […]