आज विश्व बालश्रमविरुद्धको दिवस मनाईंदै

सदरलाइन संवाददाता २९ जेष्ठ २०७८, शनिबार १०:४१
 

नेपालगञ्ज : शनिवार विश्व बालश्रम विरुद्धको दिवस मनाईंदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।

यो वर्ष समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न आह्वान गरीएको छ । कोरोना सङ्क्रमण जोखिम र महामारीले बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा समेत जोखिम उत्पन्न भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।


उनीहरूलाई आयआर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन वर्जित छ । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरुपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आइएलओले जोड दिएको छ । कोभिड–१९ देखा पर्नु अगाडिसम्म विश्वभर झण्डै १० करोड बालबालिकालाई श्रमबाट मुक्त गरिएको पनि आइएलओले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केही प्रदेशमा भीषण वर्षाको सम्भावना

२९ जेष्ठ २०७८, शनिबार १०:४१
काठमाण्डौ : नेपालमा मनसुन प्रवेश गरेसँगै देशभर मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको छ । देशको पूर्वी र मध्य भू–भागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव […]

सम्बन्धित