केही प्रदेशमा भीषण वर्षाको सम्भावना

सदरलाइन संवाददाता २९ जेष्ठ २०७८, शनिबार १०:४९
 

काठमाण्डौ : नेपालमा मनसुन प्रवेश गरेसँगै देशभर मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको छ ।

देशको पूर्वी र मध्य भू–भागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ महाशाखाले जनाएको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर मौसम बदली रहनेछ । धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ ।

साँझ पनि देशभर मौसम बदली रहनेछ । देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । भीषण वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अज्ञात समुहद्धारा चार वटा गाडीमा तोडफोड

२९ जेष्ठ २०७८, शनिबार १०:४९
दाङ : अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरी राखेका चार वटा गाडीमा तोडफोड गरेको छ । देउखुरी लमहीका विभिन्न ठाउँमा पार्किङ गरेका गाडीमा इँटा र ढुङ्गा प्रहार गर्दा क्षति भएको प्रहरीले जनाएको छ । रा १ ख १७५९ नम्बरको ट्रक, लु १ ख ९१४९ नम्बरको बस, भे १ च २८१२ […]