मतदाताको सर्मथन जुटाउन कँडेलको दौडधुप जारी

१५ मंसिर २०७४, शुक्रबार १९:४८
 

सदरलाइनडटकम
१५ मंसिर, नेपालगन्ज : बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा एकिकृत राप्रपा राष्ट्रवादीबाट चुनावी मैदानमा रहेका तेजनारायण कँडेल शुक्रबार पनि घरदैलो र मतदाता भेटघाटलाई निरन्तरता दिएको प्रचार सचिवालयले जनाएको छ ।
उनले शुक्रबार नेपालगन्जको वडा नम्बर १८ कारकाँदो क्षेत्रमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा कारकाँदो क्षेत्रका स्थानीय बासिन्दाले बाटो र बिद्युत पोल नभएको जस्ता समस्या सुनाएको उम्मेदवार कँडेलले बताए ।
एकिकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय सह–प्रवक्ता समेत रहेका कँडेलले आफु निर्वाचित भएपछि मतदाताले राखेका समस्या समाधानका लागि गम्भीर भएर लाग्ने आश्वासन दिएका छन् । उनले भने,–‘मलाई तपाईहरुले चुनावमा भोट दिएर जिताउनुस्, म तपाईको समस्या समाधानका लागि मैले चुनाव जितेको भोलीपल्टदेखि नै पहल थाल्छु ।’ पहेलो बस्त्र र रुद्राक्षको माला पहिरिएर मतदाताको घरदैलोमा पुग्दा अधिकांसले उनको व्यक्तित्वको बारेमा चर्चा गर्ने गरेको पाइएको छ ।
घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार कँडेल सहित प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता सहभागी छन् ।
उनीहरुले शुक्रबार नै नेपालगन्जको वडा नम्बर १३ बुलबुलिया लगायत क्षेत्रमा पनि घरदैलो गर्ने बताएका छन् । चुनाव प्रचार गर्न तीन दिन मात्र समय पाएका कँडेलले आफ्नो पक्षमा जनलहर ल्याउन निकै सक्रियता देखाएका छन् । तस्बीर :प्रचार सचिवालयबाट 


  

Next Post

‘मोहम्मद डे’मा मतमाग्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार

१५ मंसिर २०७४, शुक्रबार १९:४८
सदरलाइनडटकम १६ मंसिर, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मुस्लिम समुदायले मनाईरहेको मोहम्मद डे का अवसरमा समुदायसंगै पर्व मनाउदै मतमाग्दै गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ क का उम्मेदवार निरन्जनसिंह सिजापति र प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमाल शनिबार मुस्लिम […]

ताजा अपडेट