शरीरबाट सरिया झिकिएपछि तिलाको होस खुल्यो, अवस्वथा खतरामुक्त

२३ आश्विन २०७५, मंगलवार १७:१९
 

सदरलाइनडटकम,
दाङ : सडक दुर्घटनामा परी छातीमा गाडिएको तीन वटा सरिया करिब २५ घण्टामा निकालेपछि घोराही ३ झिङनीकी तिला परियारको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।
काठमाण्डौस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचारत तिलाको आज बिहान ७ बजे होस खुलेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।
घोराहीमा आईतवार दिउँसो मोटरसाईकलको ठक्करबाट दुर्घटनामा परेकी तिलाको शरीरमा तीन वटा फलामे सरिया पसेको थियो । छातीबाट पसेको सरिया ढाडमा निस्किएको थियो । घोराही, भैरहवामा उपचार सम्भव नभएपछि तिलालाई शिक्षण अस्पतालमा लगिएको थियो ।
सोमवार बेलुका डा. उत्तमकृष्ण श्रेष्ठसहितको चिकित्सक टोलीले तिलाको शरीरमा रहेको सरिया निकाल्न सफल भएको थियो । तिलाको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको र दशैअघिनै डिस्चार्ज गर्ने डा. श्रेष्ठले बताए ।



उपचार खर्च मोटरसाईकल र ट्रयाक्टर धनीले बेहोर्ने
घाईते तिलाको उपचार खर्च मोटरसाईकल र ट्रयाक्टर धनीले बेहोर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार दुर्घटनामा संलग्न मोटरसाईकल र ट्रयाक्टर धनीले उपचार खर्च व्यहोर्ने सहमति जनाएका छन् ।
आईतवार दिउँसो दुई वटा मोटरसाईकल ठोक्किदाँ अनियन्त्रित भएको मोटरसाईकलले पैदल यात्रु तिलालाई ठक्कर दिएपछि उछिट्टिएर उनी सरिया बोकेको ट्रयाक्टरमा ठोक्किदाँ शरिरमा तीनवटा सरिया पसेको थियो ।

Next Post

बाँकेको कुशुम क्षेत्रमा ३२ वर्षपछि विद्युत पुग्यो

२३ आश्विन २०७५, मंगलवार १७:१९
सदरलाइन / रुद्र सुवेदी राप्तीसोनारी (बाँके) : बाँकेको कुशुम क्षेत्रमा मंगलबारदेखि विद्युत पुगेको छ । उर्जा जलस्रोेत तथा सिँचाई मन्त्री बर्षमान पुनले मंगलबार बाँकेको राप्ती सोनारी–१ कुशुम बैरियामा निर्माण भएको अत्तरिया ग्रिड शाखा अन्र्तगत कुशुम सबस्टेसन १३२/११ केभीएको उद्घाटन गरेपछी सो क्षेत्रमा विद्युत पुगेको हो । झण्डै ३२ वर्ष अघि […]