चारजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सदरलाइन संवाददाता २७ जेष्ठ २०७८, बिहीबार १९:१६
 

नेपालगञ्ज  : बाँकेमा बिहीबार कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृतक मध्ये ३ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एक जनाको भेरीमा उपचाकोे क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा दाङका ३ जना र बर्दियाका १ जना छन् ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत लमही–५ दाङका ६५ वर्षिय पुरुष, राजपुर–५ दाङका ५३ वर्षिय पुरुष, राप्ती गाउपालिका–१ दाङ्गका ५५ वर्षिय र बारबर्दिया–७ बर्दियाका ६५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

यो संगै कोरोना संक्रमणको कारण उपचारको क्रममा हालसम्म बाँकेका ३ सय ५ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय २८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर कोरोना संक्रमणको संख्या घट्दो

२७ जेष्ठ २०७८, बिहीबार १९:१६
नेपालगञ्ज  : नेपालगञ्ज लागायत देशभर कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टाको अबधिमा बाँकेका ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले जनाएको छ । योसंगै नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ७ सय ४९ जना कोरोना भाइरस संक्रमित थपिएका […]