नेपालगञ्जको महोत्सवमा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती रहने

सदरलाइन संवाददाता ७ माघ २०७९, शनिबार १७:४६
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा भोजपुरी गायक खेसरी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार आउने भएका छन् । १५ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

नेपालगञ्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’मा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।


महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, ¥यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे–पुतली, बल्छी–राजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रह्नेछ भने स्थानिय कलाकारहरुको समेत प्रस्तुति रह्ने संयोजक कंडेलले जानकारी गराए ।

महोत्सवको होस्ट विजय पुन, दिप मगर र प्रेरणाले गर्ने प्रचारप्रसार समितिले जनाएको हो । महोत्सव अब ३ दिन मात्र बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योगिनी कप फुटबल प्रतियोगिताको तयारी शुरु

७ माघ २०७९, शनिबार १७:४६
नेपालगञ्ज : योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो । प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी उच्च माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निर्णय […]