क्यान्सर पीडित शर्मालाई आर्थिक सहयोग

सदरलाइन संवाददाता ९ माघ २०८०, मंगलवार १७:४६
 

नेपालगञ्ज : बाँकेका एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । नेपालगञ्ज–४ बसपार्क निवासी ५८ वर्षिय गोपाल शर्मा विगत डेढ वर्षदेखि क्यान्सर रोगबाट पिडित भई अहिले खजुरा क्यान्सर अस्पतालमा उपचार गराई रहेका छन् ।

उनको आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि आर्थिक सहयोग गरिएको प्रदान गरिएको हो । सुनाखरी रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्मा र एजुकेटेट सेफ बन्धु चौधरीले संकलन गरेको २५ हजार २ सय ५ नगद रकम पीडित गोपाललाई हस्तान्तरण गरे ।
सुनाखरीका कर्मचारीहरुबाट उक्त रकम संकलन गरिएको सुनाखरी प्रबन्ध निर्देशक शर्माले बताए । शर्माले भने,–“क्यान्सर पीडित गोपाल जी मसंग सिद्धार्थमा करिब ८ वर्ष जति संगै काम गर्नुभएको र हाल विरामी हुँदा मैले मानविय सहयोग गर्नु पर्दछ भनेर यो सहयोग जुटाएको हु ।”


उनको निवासमा पुगेर आर्थिक सहयोग प्रदान गरिएको हो । उनले पीडितको उपचारमा सहयोगका लागि अनुरोध पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ढाका म्याराथनमा पदक जित्नेलाई प्रोत्साहन गरिने

९ माघ २०८०, मंगलवार १७:४६
नेपालगञ्ज : नेपाली म्याराथन धावकको हौसला बढाइरहन नेपालगञ्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ । गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगञ्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको हो । यसैबमोजिम बंगलादेशको राजधानी ढाकामा यही माघ १२ […]