एमालेका नेताहरु गाउँ मै बस्दै, गाउँ मै कार्यक्रम गर्दै

१९ चैत्र २०७३, शनिबार १७:२४
 

सदरलाइनडटकम 
१९ चैत, नेपालगन्ज : स्थानीय निर्वाचन–२०७४ लाई आफ्नो पार्टीको पक्षमा पार्नका लागि नेकपा एमाले बाँकेका जिल्ला नेताहरु ‘गाउँ मै बस्ने र गाउँ मै कार्यक्रम’ गर्ने रणनीतिका साथ खटिएका छन् ।
गाउँकै जनताको घरमा बस्ने, उनीहरुले जे खान्छन् त्यही खाने र जनतासँगै पार्टीको कुरा राख्ने गरी यतिबेला ब्यस्तता बढेको नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताए । जिल्ला कै बिकट मानिने राप्तीपारीको नरैनापुर क्षेत्रबाट पार्टीको गतिबिधि सञ्चालन गरि रहेका अध्यक्ष कोइरालाले पार्टी गतिबिधिहरु संगै जनताको पिरमर्का बुझ्ने काम भइरहेको बताए ।
उनले भने,–‘संगै बस्दा, संगै खादा जनताहरुको पिरमर्का बुझ्न धेरै सहज हुन्छ । स्थानीय निकायमा हाम्रा उम्मेदवारहरु निर्वाचित भए जनताका ती पिरमर्कामा मल्हम लगाउने काम गर्छौ । साथै पार्टीलाई जिताउनको लागि अन्य पार्टीमा रहेकालाई पनि कनिभन्स गर्छौ ।’
नेकपा एमाले बाँकेका प्रचार बिभाग प्रमुख किस्मतकुमार कक्षपतिका अनुसार, शुक्रबार नरैनापुर अभियान सम्पन्न भएको छ भने त्यहां एक रात बसाईसंगै शनिबार राप्तीसोनारी गाउंपालिकाको वडा नम्बर ६ र ७ कार्यक्रम सम्पन्न भएको छ । ‘यतिबेला हामी जनतासंग संगसंगै छौं’–उनले भने ।

फत्तेपुरमा बृहद कार्यकर्ता भेला सम्पन्न

अध्यक्ष अशोक कोईराला प्रमुख अतिथी रहेको सो भेलामा उपाध्यक्ष निरक गुरूङ, सचिब रत्न खत्री, सचिबालय सदस्यहरू पदम धिताल, किस्मत कक्षपति, सुर्य ढकाल, अब्दुल हुसेन खा लगायतको सहभागिता रहेको थियो ।

नेपालगन्ज उप–महानगरपालिका अन्र्तगत वडा नम्बर १, २, १३, २०, १० र ४ का भेला सम्पन्न 

यस्तै शनिबार नै नेपालगन्ज उप–महानगरपालिका अन्र्तगत वडा नम्बर १, २, १३, २०, १० र ४ का भेला बैठक भएको छ । सो कार्यक्रममा प्रदेश कमिटी सदस्य शान्ति ढकाल, डम्बर राज सुवेदी पार्टीका उपसचिव एबं नगर संयोजक प्रमोद धिताल सदस्यहरू तुल्सा थापा डम्बर थापा जिल्ला सल्लाहाकार बिजया धितालले बैशाख ३१ गतेको निर्बाचन केन्द्रित भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।


खजुरा गाउपालिकाको वार्ड नं ४ मा बृहत् भेला  

खजुरा गाउपालिकाको वार्ड नं ४ मा बृहत् भेला सम्पन्न भएको छ । सो गाउपालिका सह–संयोजक सतिश निरौला जिल्ला कमिटी सदस्य एकमाया बिक र जिल्ला सल्लाहकार होमनाथ सापकोटाले लक्ष बैशाख ३१ को स्थानीय निकाय निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्नको लागि कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आन्दोलनमा होमिदै होमियोप्याथिक चिकित्सा विकास बिस्तार केन्द्रीय संघर्ष समिति

१९ चैत्र २०७३, शनिबार १७:२४
सदरलाइनडटकम  १९ चैत, काठमाडौं : होमियोप्याथिक चिकित्सा विकास बिस्तार केन्द्रीय संघर्ष समितिले सरकार सामु ९ बुँदे माग अघि सारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर होमियोप्याथिकलाई आयूर्वेदिकसँग राखेकोमा विरोध गरेको छ । समितिले पशुपति होमियोप्याथिक चिकित्सालयको स्वामित्वको जग्गा र भवनलाई उच्च अदालत पाटनले लिने प्रक्रियालाई […]