भृकुटीनगरका स्थानीयले सुरुगरे कौशीमा तरकारी खेती

रुद्र सुवेदी ४ मंसिर २०७७, बिहीबार ०९:०२
 


नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडानं.१० को भृकुटी नगरमा स्थानीयको पहलमा कौशीमा तरकारी खेती सुरु गरिएको छ । कोभिड–१९ को कारण आव्हान गरिएको लकडाउनको सदुपयोग गर्दैै स्थानीयद्वारा सुरु गरिएको कौशी खेतीले अर्गानिक तरकारी उत्पादन गरी आफ्नो आवश्यकता पुरा गरेको छ ।

घरको कौशिमा खेर गएको बोरा वा प्लाटिकको भाँडोमा माटो भरेर सुरु गरिएको कौशी तरकारी खेतीमा घरकै भन्साबाट भान्साबाट निस्केको फोहरलाई मलको रुपमा प्रयोग गर्ने गरिएको छ ।

स्थानीय नारायणप्रसाद सिग्देलको अगुवाईमा भृकुटी शहरी अर्गानिक कृषक समुह निर्माण गरी सो समुहका सबै सदस्यहरुले आफ्नो घरको कौशी र करेशाबारीमा अर्गानिक तरकारी उत्पादन गर्न सुरुवात गरिएको हो ।

कर्णाली प्रदेशको सुर्खेतमा रहेको कृषि विद्यालयका प्रधानाध्यापक समेत रहेका सिग्देलको अगुवाईमा गत साउनदेखि सुरु गरिएको सो समुहमा करिव १ सय ५० घरधुरी आबद्ध भएका छन । समुहका सदस्यहरुको सक्रियतामा विभिन्न ६ वटा बैहिनी समुह निर्माण गर्नुको साथै, बाल किसान समुह निर्माण गरी अर्गानिक खाना कसरी तयार गर्ने र खेती कसरी गर्ने तरिका सिकाउने उद्देश्य रहेको छ ।

सो समुहका सदस्य रमिला थापा ऐडी र दानबहादुर ऐडीले आफ्नो घरको कौशीमा साउनको अन्तिमदेखि लौका, सिमि, काउली, भिन्डी, करेला, भान्टा जस्ता बेमौसमी तरकारी लगाएका छन् । उनीहरु दुबै जना सरकारी कर्मचारी हुन । कार्यालयको समयपछि साँझ विहानको समय कौशीबारीमा बिताउने गरेको उनीहरु बताउछन् ।


स्थानीय केशव सिंह खड्काले पनि आफ्नो घरको कौशीभरी तरकारी रोपेका छन् । कौशीमा रोपिएको तरकारीले आफुहरुको परिवारलाई खानको लागि ताजा र स्वस्थ्यकर हुनुको साथै बचत समेत भएको बताउछन खड्का ।

यसैबीच सो समुहले सुरु गरेको कौशी तरकारी खेतीको लुम्बिनी प्रदेशका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले स्थलगत अवलोकन समेत गरिसकेकी छन् । उनले तरकारीमा आत्मनिर्भर बनाउनको लागि बाँकेमा करेशाबारी र कौशीखेती शहरी कृषि अर्गानिक समुह निर्माण गरी खेती सुरु भएको बताईन । प्रदेश सरकारले शहरी कृषि अर्गानिक समुहलाई खेती गर्ने तौरतरिकाको बारेमा तालिम र केही मात्रामा सहयोग दिने गरी तयारी गरिएको जानकारी दिईन ।

शहरी क्षेत्रका घर–घरको कौशिमा सुरु गरिएको कौशीखेतीका कारण घरको फोहर घरमै व्यवस्थापन गर्न सकिने र आफ्नो परिवारको लागि खान पुग्ने ताजा तरकारी घरमै उत्पादन हुँदा विषाधी युक्त तरकारी किन्न जाने बाध्यता पनि टरेको छ ।

 

Next Post

भौतिक पूर्वाधारका काम धमाधम अघि बढाउदै कोहलपुर नगरपालिका

४ मंसिर २०७७, बिहीबार ०९:०२
कोहलपुर (बाँके)  : पश्चिम नेपालको प्रवेशद्वारको रुपमा रहेको बाँकेको कोहलपुर नगरपालिका विकाशको गतिमा तीब्र रुपले अघि बढेको छ । बाटोघाटो, फूल पुलेसा, भवन लगायतका पूर्वाधार निर्माण कार्य कोभिड–१९ को महामारीमा पनि धमाधम सुरु भएका छन । बाँकेको कोहलपुर नगरपालिका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्नको लागि मुख्य प्रवेशद्वारको […]